तकदाहः तकदाह होम बस्ती शाखा अन्तर्गत बस्नेत गाउँमा सभासद् भेट सभामा आज एक सय परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भाजपा सांसद राजु विष्ट आज टीटीएस को भ्रमणमा आएको समय यता तकदाह टिस्टा भ्याली समष्टिका एक सय घर परिवार भाजपा छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। आज सामेल हुने परिवारहरूलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो। यस अवसरमा तकदाह टिस्टा भ्याली समष्टिका सभासद देणडुप पाख्रिन, समष्टि मूल सचिव श्याम योञ्जन, समष्टि सांगठनिक सचिव सुशील प्रधान, समष्टि युवाशक्ति ललित राईस, योगराज राई आदि उपस्थित थिए।