बुध्दिष्ट अल्पसंख्यक समितिद्वारा रोहिणीको वृध्दा आश्रमलाई सहयोग

IMG-20230326-WA0218.jpg

खरसाङ: खरसाङ बुध्दिष्ट अल्पसंख्यक केन्द्रीय समितिद्वारा खरसाङको रोहिणीस्थित वृध्दाश्रममा सहयोग प्रदान गरेका छन्। खरसाङ बुध्दिष्ट अल्पसंख्यक केन्द्रीय समितिद्वारा खरसाङको एक प्रतिनिधि टोली रोहिणीको कोठीडाँडास्थित वृध्दाश्रममा पुगेर विभिन्न सर सामानहरू र केही नगदराशि पनि सहयोग गरेको जानकारी समितिको सचिव भीषण लामाले बताएका छन्। उक्त टोलीमा खरसाङ बुध्दिष्ट अल्पसंख्यक केन्द्रीय समितिको सभापति बीरेन तामाङ, सचिव भीषण लामा, सदस्यहरू क्रमैले दोर्जे यल्मो, पासाङ डोमा शेर्पा, सम्झना तामाङ, सुकमान तामाङ, सांगमु भोटिया निमा सांगे शेर्पा,अन्तिम तामाङ आदि उपस्थित रहेका थिए। समितिले साथै सदस्य सदस्याहरूले व्यक्तिगत रूपमा पनि सहयोग प्रदान गरेका थिए। समितिले वृध्दाश्रममा खानेकुराहरू चामल, तेल, वाई वाई, बिस्कुट, ब्रस, पेस्ट, अण्डा, विभिन्न सब्जीहरू र लगाउने लुगाहरू पनि प्रदान गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै वृध्दाश्रमको इन्चार्ज उषा तामाङलाई केही नगदराशि पनि सहयोग गरिएको जानकारी सचिव भीषण लामाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement