कुनै सहुलियतबिना नै सिम्बोडियम अर्किटको खेती गरी पहाड़को नाम रोशन गर्ने युवा सुजय राई

IMG-20230326-WA0219.jpg

सोनादा: कुनै सहुलियतहरूबिना नै विगत २०-२१ वर्षदेखि लगातार रुपमा सिम्बोडियम अर्किटको खेती गर्दै दार्जिलिङ पहाड़को नाम राख्दै आईरहेका छन् सोनादाको चन्द्रमानधुरा निवासी सुजय राई। सुजय राईले सिम्बोडियम अर्किट खेतीमा जिल्ला, राज्य र अन्तर्राष्ट्रीय स्तरमा हुने प्रतियोगिताहरूमा पनि भाग लिन्दै पुरस्कारहरू जित्दै दार्जिलिङ पहाड़को नाम राखिरहेका छन्। तर अहिलेसम्म कुनै सरकारी सहुलियत र विभागीय सहयोगबिना नै आफ्नै बलबुँदामा नै सुजय राईले सिम्बोडियम अर्किटमा लागि परेका छन् अनि सफल पनि भईरहेका छन्। सन् २००२ देखि खेती गर्दै आए पनि अहिलेसम्म विभागबाट केही पाएका छैनन्। उनको सिम्बोडियम खेती विषयमा अहिलेसम्म कसैले सोधखोज र निरीक्षण गरेका छैनन् पनि। बरू आफ्नै बलबुँतामा हालैमा गत १९ मार्चमा सिक्किम फ्लोरिकल्चर एसोसिएशनको आयोजनामा सिक्किमको गान्तोकमा सम्पन्न भएको सिम्बोडियम अर्किट प्रतियोगितामा ए डिभिजनमा प्रथम अनि तेस्रो पुरस्कार जित्न सफल भएका छन्। सोनादाको चन्द्रमानधुरास्थित आफ्नै वासस्थानमा सिम्बोडियम अर्किट हाउस छ जहाँ उनी आफ्नै बलबुँतामा सिम्बोडियम अर्किट खेती गरिरहेका छन्। लगातार रूपमा आफ्नै तरिकाले खेती गरिहेका छन् भने पहाड़को नाम पनि राखिरहेका छन्। उनले विभागको तर्फबाट सहुलियतहरू प्राप्त गर्नलाई कोशिष नगरेको पनि होइन तर कतिपल्ट विभागीय सहयोग माग्दा पनि नपाएको र अहिलेसम्म सिम्बोडियमको बिरुवा त के तार र काँटी पनि नपाएको गुनासो छ सफल फूल खेती गर्ने कृषक सुजय राईसित। उनले आफ्नो मेहनत र परिश्रमले सिम्बोडियम अर्किटको विभिन्न प्रजाति थुपारेका छन्। सुजय राईलाई फूलखेती विषयमा प्रश्न गर्दा आफुले २००२ देखि नै सिम्बोडियम अर्किटको खेती गर्न थालेको अनि २००९ देखि सिम्बोडियम अर्किटको प्रतियोगितातिर पनि भाग लिनु थालेको बताउँछन्। यस क्रममा उनले २००९ मा जिल्ला स्तरीय, २०१० मा राज्य स्तरीय, २०१२ मा अन्तर्राष्ट्रीय स्तरको प्रतियोगितामा भाग लिएको जानकारी गराएका छन्। उनले शुरुमा सोनादा, दार्जिलिङ अनि सिक्किम हुँदै शिलङ र काठमाण्डौंसम्म प्रतियोगिताको लागि पुगेको र सबैमा पहिलो, दोस्रो र तेस्रो पुरस्कारहरू जितेको बताएका छन्। सुजय राईले २०२१-२२ मा सोनादा, २०२२ मा दार्जिलिङमा सबै पुरस्कार जितेको र च्याम्पियन बनेको पनि बताएका छन्। राई भन्छन् – अहिलेसम्म जति दु:ख गरेर आफ्नै बलबुँतामा सिम्बोडियम अर्किटको खेती गर्दै सफलता पनि पाएँ। तर अब उता सम्बन्धित निकायहरू, विशेष गरी सम्बन्धित विभाग लगायत जीटीए चिफ्, विधायक, सांसद सबैलाई अनुरोध गर्दै हामी जस्तो दु:ख कष्ट गरेर खेती गरिरहेका कृषकहरूलाई पनि केही सहुलियतहरू प्रदान गरून्। विभगीय सहुलियतहरू प्रदान गरून् ताकि दार्जिलिङ पहाड़को नै नाम उच्च पार्न सकुँ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement