विधायक वाई टी लेप्चा सड़क दुर्घटनामा घाइते

photocollage_2022615221755335.jpg

गान्तोकः गान्तोकका विधायक वाइटी लेप्चा वाहन दुर्घट्नामा परेर घाइते भएका छन्। घट्ना आज बिहान करिब १1 बजी गान्तोक र सिङ्गताम बीच साङ्गखोलास्थित राष्ट्रिय राजमार्ग १० को हो। घट्नाको समय विधायक लेप्चा आफ्नो सरकारी वाहनमा सिङ्गतामको एउटा कार्यक्रममा सहभागी बन्न गइरहेका थिए। वाहनमा चालक र अन्य दुईजना यात्री पनि थिए। त्यसै वाहनमा सवार एकजना यात्री मित्रलाल शर्माले बताएअनुसार साङ्गखोला नजिक पुग्दा अचानक वाहन अनियन्त्रित भयो। सड़क तल्लोपटि हिँड़ीरहेका पैदल यात्रीहरूलाई बचाउन चालकले वाहनलाई सड़क मास्तिर भित्तमा हिर्काएको उनले उनले बताए। दुर्घट्नामा विधायक लेप्चाको दाहिने हात भाँच्चिएको छ भने छातीमा पनि चोट लागेको छ। उनलाई पहिले सिङ्गता जिल्ला अस्पतालमा प्राथमिक उपचार गरेपछि गान्तोकको न्यू एसटीएनएम अस्पताल रेफर गरियो भने एसटीएनएम अस्पतालमा उपचारपछि उनलाई छुट्टी दिइएको छ। अहिले उनको अवस्था त्यति चिन्ताजनक नरहेको बताइएको छ। वाहनमा सवार चालक लगायत अन्य यात्रीहरूलाई पनि सामान्य चोट मात्र लागेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *