कालचिनीः भाजपा छोड़ेर तृणमूलमा आएर पनि निष्क्रिय बसेका पुनः गत विधानसभा चुनाउको बेला मोहन शर्मासितै भाजपामा सामेल भएको सन्दिप एक्का र तिनको टीमलाई आइतबार पुनः तृणमूलमा सामेल गराएको छ। आइतबार तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बढ़ाईक लगायत तृणमूल नेता तथा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा अनि तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराउँको उपस्थितिमा सन्दिप एक्का लगायत तिनका टोलीलाई तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बढ़ाईकको बाहुलीबाट दलीय झण्डा दिएर सामेल गराएको थियो।
अलिपुरद्वार जिल्ला पार्टी कार्यालयमा सम्पन्न सो योगदान कार्यक्रममा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बढ़ाईक लगायत तृणमूल नेता मृदुल गोस्वामी अनि अन्यान्यको उपस्थितिमा तृणमूलको झण्डा समाएपछि सन्दिप एक्काले भाजपामा उचित मान्यता नपाएकोले नै सत्तापक्षमा बसेर नै जनताको काम गर्न सक्ने लक्ष्य राखेर तृणमूलमा आएको जनाएका छन्।