दार्जीलिङ: सुकेपोखरी बजारको सार्वजनिक भवनमा हाम्रो पार्टीको सांगठनिक सभामा दार्जीलिङनगरपालिकाकि नगरपार्षद सुष्मा तामाङले पार्टीका अध्यक्ष अजय एडवाडर्सको साथ कहिले नछोड्ने बताएकी छिन्l सभालाई सम्बोधन गर्ने क्रममा दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर १२ की नगरपार्षद सुष्मा तामाङले उपस्थित सबै नारीहरूलाई एकजुट हुने आहवान गरिन्। उनले भनिन्, ‘हामी नारी नगरपार्षदहरूलाई पनि रूपियाँ पैसाको अफरहरू आएकै हो, तर हामीले हाम्रो इमान बेच्न सकेनौंl हाम्रो पार्टी छोडेर गएका नगरपार्षदहरूको घरमा घेराउ गर्न जानुपर्छ भन्ने हामीले हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्स समक्ष प्रस्तावहरू राखेका थियौंl तर उनले त्यसो गर्नु हुँदैन भन्दै त्यस्ता कार्यहरूदेखि हामीलाई अलग राख्ने सुझाव दिएl’