सभासद श्याम शेर्पाद्वारा छोराको जन्म दिन तीनधारेको शान्ता भवनमा वृद्धाहरूसित पालन

IMG-20230326-WA0168.jpg

खरसाङ: २८ नम्बर खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाले आफ्नो दुई वर्षे छोराको जन्म दिन तीनधारेको बीस माइलस्थित शान्ता भवनमा रहेका वृध्दाहरूसित मनाएका छन्। उनले खरसाङको डाउहिलस्थित आफ्नो वासस्थानमा नानीको बर्थ डे नमनाएर साहाराविहीन वृध्दाहरूसित बसेर मनाई दिएका छन्। सभासद श्याम शेर्पाले आफ्नो दुई वर्षे छोराको जन्म दिन पालन गर्दै शान्ता भवनमा रहेका वृध्दाहरूलाई भेटघाट गरेका छन्। यस अवसरमा नानीको बर्थ डे केक काटेर वृध्दाहरूसित खुशी बाँढ़ने साथै वृध्दहरूबाट आशिर्वाद पनि लिएका छन्। यस अवसरमा शान्ता भवनमा रहेका वृध्दाहरूका लागि दिउँसोको भोजनको व्यवस्था पनि मिलाएका थिए। यस अवसरमा सभासद श्याम शेर्पा र उनकी पत्नी अनि परिवारले शान्ता भवनमा रहेका वृध्दाहरूसित बसेर दिउँसोको भोजन गरेका थिए। यसबाहेक उनले शान्ता भवनको लागि एक बोरा चामल र एक टिन तेल पनि प्रदान गरेका छन्। सभासद श्याम शेर्पाले योभन्दा पहिला पनि आफ्नो छोराको पहिलो जन्मदिनमा खरसाङको खहरे बस्तीस्थित वृध्दा आश्रम र टिभी सेनिटोरियममा खाने कुराहरू वितरण गरेका थिए। उनले गत वर्ष दशैंको अवसरमा खरसाङको खहरे बस्तीस्थित वृध्दाश्रममा पुगेर वृध्द वृध्दाहरूसित मिलेर दशैं मनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement