गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सांङ्ठनिक सभा सम्पन्न

IMG-20230326-WA0164.jpg

गोर्खाहरुको निम्ति सुवास घिसिङले जुन बाटो देखाए त्यहीँ बाटो भएर गोर्खाले न्याय पाउनेछ: विधायक निरज जिम्बा

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सभा आज गोर्खा खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भएको छ। ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको अध्यक्षतामा बसेको सांगठनिक सभालाई सचिव युद्ध छेत्रीले सञ्चालन गरेका थिए। आजको सभामा दार्जीलिङका भाजपा विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जेनेरल निरज जिम्बाको प्रमुख उपस्थिति रहेको थियो। सभामा केन्द्रीय समितिको सदस्यगण, भातृ संगठनका प्रतिनिधिवर्ग साथै समष्टिका प्रतिनिधिवर्गको उपस्थिति रहेको थियो। सभामा पार्टीको राजनैतिक गतिविधिलाई लिएर व्यापक चर्चा परिचर्चा गर्दै खरसाङ ब्राञ्च कमिटी एचपीडब्ल्यु पुनः गठन गर्ने निर्णय गर्ने सभाले प्रस्ताव पारित गरेको छ। यसै क्रममा एचपीडब्ल्यु खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष पदमा अदिप राई सर्वसम्मतिद्वारा चयन भएका छन् भने महासचिव पदमा बिरेन्द्र छेत्रीलाई चयन गरिएकोछ। प्रमुख वक्ताको रुपमा सभालाई सम्बोधन गर्दै निरज जिम्बाले भने, आज गोर्खाहरुको निम्ति सुवास घिसिङले जति पनि गरे र जुन बाटो देखाए त्यहीँ बाटो भएर गोर्खाले न्याय पाउनेछ। सबै अत्तालिएका छन् त्यो स्वभाविक हो तर हामीले चुपचाप काम गरिरहेका छौं अत्तालिनु हुँदैन। अब समय पनि भयो र अब हामीले काम गराउनु पनि पर्छ र फत्ते पनि हुन्छ। यदि २००७ मा हाम्रैहरुले गल्ती नगरेको भए आज हामी कहाँ पुग्ने थियौं। पचास हजार करोडको नोक्सान भएको छ यो सानो कुरा होइन। विकासका पुर्वाधारहरु भनेको जुनै सरकार आए पनि गर्नुपर्छ तर यहाँ हाम्रो अस्तित्वको प्रश्न छ। यसको निम्ति सुवास घिसिङले कार्य गरिदिएका हुन्। तर आज भर्खरै मात्र पहाडको राजनैतिक दलहरुले बुझ्दैछ त्यो राम्रो कुरा हो।’

जनजाति विषयमाथि बोल्दै विधायक जिम्बाले भने, १९३१ को जनगणना खोज्ने को हो त भनी प्रश्न गर्दै भने, १९३१ को जनगणना अनुसार गोर्खाहरुको छुट्टिएको जात उप-जातहरुलाई जनजातिको दर्जा प्राप्त हुनुपर्छ भनेर केन्द्र सरकारलाई पत्राचार गरी जनाउने पनि सुवास घिसिङ हुन् तर आज धेरैले यसको श्रेय लिँदैछ तर सुर्ताउनु पर्दैन। अब समय आयो गोर्खाले न्याय पाउने यसकारण हतास हुनु हुँदैन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement