स्विस् ओपनमा सात्विक-चिरागको जोड़ी च्याम्पियन

IMG-20230326-WA0159.jpg

२६ मार्चः भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले स्विस् ओपन सुपर ३०० ब्याडमिण्टन टुर्नामेण्टमा पुरुष एकलको खिताब जित्यो। भारतीय जोड़ीले आइतवार खेलिएको फाइनलमा चीनका रेन जियांग यू र तान कियांगको जोड़ीलाई पराजित गऱ्यो। कमनवेल्थ गेम्स २०२२-मा स्वर्ण पदक जित्ने सात्विक-चिरागको जोड़ीले ५४ मिनटसम्म चलेको रोमाञ्चक खिताबी लड़ाइँमा चीनको जोड़ी विरुद्ध २१-१९, २४-२२-ले जीत हासिल गऱ्यो। यसअघि भारतीय जोड़ीले सेमिफाइनलमा मलेशियाका ओंग यू सिन र टियो ई यी-को जोड़ीलाई पराजित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement