२६ मार्चः मोरक्कोले सुफियान बोफाल अनि अब्दलहामिदी साबिरीको गोलको सहायताले अन्तर्राष्ट्रिय मैत्री म्याचमा ब्राजील विरुद्ध २-१-ले ऐतिहासिक जीत हासिल गऱ्यो। पाँचपल्टको विश्व च्याम्पियन टीम ब्राजील विरुद्ध मोरक्कोको यो पहिलो जीत हो। लगभग ६५००० दर्शकहरूले भरिएको इब्ने बतूता स्टेडियममा शनिवार राति खेलिएको यस म्याचमा बोफालले २९औं मिनटमा बक्स भित्रबाट गोल गरी मोरक्कोलाई बढ़त दिलाए। त्यसपछि अनुभवी कासेमिरोले ६७औं मिनटमा गोल गरी म्याचमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीललाई बराबरीमा पुऱ्याए। म्याच रोमाञ्चक मोड़मा रहेको समय सब्स्टीट्यूड खेलाड़ीको रूपमा ओर्लिने साबिरीले ७९औं मिनटमा गोल गरी मोरक्कोलाई यादगार जीत दिलाए।

फिफा विश्व कप २०२२-को सेमिफाइनलमा पुगेपछि मोरक्कोको यो घरेलु मैदानमा पहिलो म्याच थियो, जहाँ उनीहरूले आफ्नो प्रशंसकहरूलाई ऐतिहासिक जीत उपहारमा दिए। उल्लेखनीय छ, मोरक्को फिफा विश्व कपको सेमिफाइनलमा पुग्ने अफ्रिकाको पहिलो देश हो। गत वर्ष टीमले आफ्नो यादगार अभियानको अवधि बेल्जियम, स्पेन र पोर्तुगल जस्तो टीमहरूलाई पराजित गरी फूटबल जगतमा खलबली मचाएको थियो।