दुइवटा दोकान आगलागीमा जलेर भष्म

8d916d19-f56c-4f71-92ac-26efe8b19615-1024x576.jpg

सिलगढी: ४३ नम्बर वार्ड सिलगढी नगरनिगमको अन्तर्गत इलाकास्थित दुइवटा दोकानमा गत राति अचानक आगो लाग्दा दुईवटा दोकान जलेर खरानी भएको छ। घटनाको खबर पाएर डाबग्राम र सिलगढीबाट एक-एक वटा दमकलको इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा दुवै दोकानेहरूको धेरै नोक्सान भएको छ। दमकल अधिकारीले बताएअनुसार दुइ वटा दमकलको सहयोगमा चाँडै आगोलाई नियन्त्रणमा ल्याइयो। उक्त घटनामा कसैको ज्यानलाई कुनै प्रकारको क्षति नपुगेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement