बंगालबाट अलग भए मात्र गोर्खाले न्याय पाउँनेछ: अजय एडवाडर्स
दार्जीलिङ: हामीले बंगालबाट अलगै हुनै पर्छ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखे को हो। सुकिया बजारको सर्वजनिक भवनमा हाम्रो पार्टी को सांगठनिक सभा सम्पन्न भयो।आयोजित सभामा पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स विशेष रूप मा उपस्थित रहेको थियो।त्यसरी नै अन्य केन्द्रीय नेतृत्वहरूमा पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ, दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर १२ को नगरपाषर्दिका सुष्मा तामाङ लगायत अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। आयोजित सांगठनिक सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हाम्रो पार्टी सत्तामा आउँदा मात्र जनताको राजको कुरा गर्ने पार्टी होइन, आज हामी विपक्षीमा बसेर पनि जनताको राज ल्याउँने पार्टी रहेको तिनले बताए।एक बर्षको अन्तरालमा हाम्रो पार्टी ले पहाडमा धेरै कार्यहरू गरेको छ, आज भन्दा केही साल अधिसम्म कुनै ठेकादारले लापर्वाही गरेको देखेर पनि त्यसको विरोधमा कसैले बोल्न सक्दैन थियो किन भने ठेकादारको पछि सत्ता दल उभिएको हुन्थे आज सत्ता दलको नेतृत्वहरूसंग जनता डराउँन छोडेको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले उपस्थित भीडलाई बताए।तिनले अधि भने आफ्नो हक र अधिकार खोज्ने युवाहरू थुप्रै निस्कन्दैछ, हिज मात्र धर जल योजनाको कार्यमा लार्पवाही गरेकोमा युवा भाइहरूले विरोध जनाउँदै थिए, जनताले अहिले यसरी खुला रूपमा विरोध जनाउँन सक्ने भएको छ जनताको राज भनेको नै यौ हो अध्यक्ष एडवाडर्सले भने। तिनले अधि भने पंचायत चूनाव हुने तय भई सकेको छ,हाम्रो भाइ वहिनी एंव दाजु दिदीहरू सवैले पहाडहरूबासीहरूलाई पंचायतको महत्व कति छ भन्ने बुझाउने दिशामा काम गर्ने अध्यक्ष एडवाडर्सले आहवान गरयो। आज भन्दा धेरै बर्ष अधि पहाडमा चूनाव हुने गथ्र्यो भन्ने हामीले सुनेको थियौ तर गत २००० सालमा एक स्तरीय पंचायत चूनाव पहाड मा भएको थियो, त्यसपछि दोबारा पहाडमा पंचायत चूनाव भएको छैन, पहाडमा पंचायत चूनाव नभएको कारणले गर्दा पहाडको ग्रामिण क्षेत्रहरूमा सरकारको विकाश पूग्न सकेको छैन, बुनियादी विषयहरूसंग पहाड को ग्रामिणबासीहरू बंचित हुन पूगेको छ।दार्जीलिङ गोर्खा पार्वतीय परिषदको गठन भएपछि पहाडबासीले अब पहाडको ग्रामिण क्षेत्रहरूमा पनि विकाश पूग्ने रहेछ भन्ने सोचेका थिए, बेरोजगारको अन्त हुन्छ भन्ने सोचेका थिए। आज भन्दा धेरै बर्ष हाम्रो बाजे बोज्युहरू ले बाटो, पानी, विजुली, बेरोजगार आदि जस्ता समस्याहरू को समाधान हुने सोचेका थिए तर आज पनि पहाड बासी त्यही समस्याहरूसंग लडी रहेको छ। अब हुने पंचायत चूनावमा भष्ट्रचारहरूलाई पराजय गरेर पहाडमा जनताको राज ल्याउँन पर्छ अध्यक्ष एडवाडर्सले भने। सरकारले शहरीय क्षेत्रको गरीव परिवारहरूको निम्ति धरहरूको निर्माणको योजना जारी गरेको थियो तर गरीव परिवारहरूको साटो विल्डिङ हुनेहरूले त्यही विल्डिङमाथि नै विल्डिङ थप्ने काम गरेको छ। ग्रामिण क्षेत्रमा पंचायत नभएको कारणले गर्दा सरकारले बोर्डको माध्यमद्वारा गरीवहरूको निम्ति धर निर्माणको योजना पूराउँने प्रयास गरेको थियो तर त्यसमा पनि धेरै भष्ट्रचार भएको अध्यक्ष एडवाडर्सले आरोप लगाए। तिनले अधि भने सिन्टेक्स छ भन्दैमा पाइपको पानी खानु राम्रो होइन दाजु।तिर्खाएको मानिसलाई पानी दिइन्छ, माग्न आएको मानिसहरूलाई पानी दिए धर्म मानिन्छ तर यहाँ धर जल योजनामा ७ प्रतिशतको मांग गर्दै खान्दैछै, पानी भनेको धर्म हो तर यहाँ पानीमा समेत भष्ट्रचार गर्दैछ। तपाईहरूले गरेको यो पापको मूल्य पूस्ता पूस्तासम्म चूकाउँनु पर्नेछ, पानीमा पैसा खानु हुदैन, शिक्षामा पैसा खानु हुदैन, स्वास्थ्यमा पैसा खानु हुदैन अध्यक्ष अजय एडवाडर्सले भने। जनताको दुख देख्दा मलाई मेरो आखाँमा आशुँ आउँछ, त्यसैले मेरो यस्तो अवस्थाको कतिपय मानिसहरूले हासो समेत उडाउने गर्छ तर मलाई मानिसहरूले जे सुकै भनोस, मलाई कुनै फरक पर्दैन तर मेरो यो जनताप्रतिको माया हो,हामी समस्त दार्जीलि²ङबासीले एंव गोर्खाहरूले न्याय पाउँनै पर्छ, बंगालदेखि अलग हुनै पर्छ हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने।