जिल्ला विद्यालय निरीक्षकलाई ज्ञापन

21-29-53-Capture4-8.png

सिलगढी: विविध मागलाई लिएर वेस्ट बेङ्गल आईसीटी स्कुल को-अर्डिनेटर वेलफेयर अर्गनाइजेसनले आज जिल्ला विद्यालय निरीक्षकलाई एउटा ज्ञापन पत्र चढायो। वेतन वृद्धि लगायत विविध मागलाई लिएर विभिन्न स्कुलका आईसीटी कम्प्युटर शिक्षक-शिक्षिकाहरूले आज हातमा प्लाकार्ड बोकेर विरोध प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र पनि चढाए। स्मरण रहोस्, २०१३ मा धेरैजना एउटा निजी कम्पनी अन्तर्गत कम्प्युटर प्रशिक्षणको लागि शिक्षक- शिक्षिकाको रूपमा स्कुलमा नियुक्त भएका थिए। २०१३ देखि २०२१ सम्म पश्चिम बंगाल सरकार तथा जिल्ला विद्यालय निरीक्षकको अधीनमा काम गर्दै आइरहेका तापनि हालसम्म वेतनमा वृद्धि नभएको तिनीहरूको आरोप रहेको छ। स्कुलका कम्प्युटर शिक्षकहरूको भनाइ अनुसार स्कुलका अन्य शिक्षकहरू झैँ आफूहरूले पनि सबै काम गर्नु पर्दछ। यसको साथै आफूहरूलाई विभिन्न सरकारी परियोजनामा पनि काम गर्नुपर्दछ। तथापि, आफूहरूको प्राप्य वेतनले घर संसार चलाउन धेरै असुविधा हुने गरेकोले गर्दा नै आज वेतन वृद्धि लगायत विविध मागलाई लिएर जिल्ला विद्यालय निरीक्षकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement