वर्षा प्रभावित पहिलो टी२० म्याचमा वेष्ट इण्डिज ३ विकेटले विजयी

IMG-20230326-WA0069.jpg

२६ मार्चः वेष्ट इण्डिजले वर्षाले प्रभावित पहिलो टी२०आई क्रिकेट म्याचमा आयोजक दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गऱ्यो। सेञ्चुरियनको सुपर स्पोर्ट पार्कमा लगातार वर्षा हुँदा म्याचलाई ११-११ ओभरको गरियो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ११ ओभरमा ८ विकेट गुमाएर १३१ रन बनायो। जवाफमा वेष्ट इण्डिजले ३ बल बाँकी रहँदै ७ विकेट गुमाएर १३२ रनको लक्ष्यलाई हासिल गऱ्यो। यस म्याचमा दुवै ईनिंग्स मिलाएर २२ ओभरमा जम्मा २६३ रन बनियो। लक्ष्यलाई खेदो गर्दै वेष्ट इण्डिजबाट कप्तान रोवम्यान पावेलले ५ वटा छक्का र एउटा चौकाको साथ १८ बलमा अविजित ४३ रन बनाए। यसबाहेक जनसन चार्ल्सले २८ र ओपनर ब्रेण्डन किंगले २३ रन बनाए। दक्षिण अफ्रिकाका बलरहरूमा सिसाण्डा मागालाले ३ विकेट लिए।

यसअघि दक्षिण अफ्रिकाको ईनिंग्समा डेविड मिलरको ब्याटिंग मुख्य आकर्षण रह्यो। मिलरले २२ बलमा ४ वटा चौका र ३ वटा छक्काको साथ सर्वाधिक ४८ रन बनाए। यसबाहेक रीजा हेण्ड्रिक्सले २१ र सिसाण्डा मिगालाले १८ रनको योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा शेल्डन कट्रेल र ओडिएन स्मिथले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement