पश्चिम बङ्गाल सरकारको योजनाअन्तर्गत १० लाख भन्दा बढी मोतिबिन्दुको शल्यक्रिया गरिएको छ: ममता ब्यानर्जी

CM-Mamta-Banerjee-4-2

कोलकाता: पश्चिम बङ्गाल सरकारको नि:शुल्क आँखा उपचार योजनाअन्तर्गत १० लाख भन्दा बढी मोतिबिन्दुको शल्यक्रिया गरिएको शनिबार मुख्यमन्त्री ममता ब्यानर्जीले शनिबार  बताएकी छिन्। ‘चोकर एलो’ योजनाअन्तर्गत विद्यालयका बालकबालिका र वयस्कहरूलाई १५ लाख चस्मा पनि उपलब्ध गराइएको उनले बताइन्। ‘चोखेर एलो २०२१ मा पश्चिम बङ्गालका मानिसहरूमा दृष्टि कमजोरी हटाउने उद्देश्यका साथ शुरु गरिएको थियो। मलाई यो बताउँदा खुशी लागेको छ, हामीले १० लाख मोतिबिन्दु शल्यक्रियाहरू पार गरिसकेका छौंl स्कूलका बालकबालिका र वयस्कहरू (४५++) शुरु भएदेखि १५ लाख निःशुल्क चश्मा उपलब्ध गराइसकेको छ। आश्चर्यजनक उपलब्धि!’, उनले ट्वीट गरिन्। राज्य सरकारले नि:शुल्क आँखा उपचार र चश्मा उपलब्ध गराउन यो योजना ल्याएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement