यूरो कप क्वालीफायरः स्विट्जरल्याण्ड र स्पेन विजयी

photocollage_2023326112642640.jpg

२६ मार्चः यूएफा यूरोपियन च्याम्पियनशीप (यूरो कप) २०२४ क्वालीफाइंग राउण्डमा स्पेन र स्विट्जरल्याण्डले सजिलै जीत हासिल गऱ्यो। शनिवार अबेर राति खेलिएको म्याचमा स्पेनले नर्वेलाई ३-०-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्दै शुरुमै बढ़त हासिल गर्ने स्पेनले अन्तिम दुईवटा गोलको निम्ति चाहिँ लामो प्रतीक्षा गर्नु पऱ्यो। स्पेनिश टीमलाई डानी ओल्मोले १३औं मिनटमा बढ़त दिलाए। त्यसपछि जोसेलुले ८३औं र ८५औं मिनटमा लगातार २ गोलको साथ स्कोर ३-० पुऱ्याए। यसै ग्रुपको अन्य एउटा म्याचमा स्कटल्याण्डले साइप्रसलाई ३-०-ले पराजित गऱ्यो। म्याचमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट स्कट म्याकटोमिनेले ८७औं र स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरे। यसबाहेक अन्य एउटा गोल जन म्याकगिनले २१औं मिनटमा गरे। म्याचमा साइप्रसका खेलाड़ी निकोलस लोआनोलाई अन्तिम समयमा रेड कार्ड देखाइयो। यस ग्रुपमा अहिले स्पेन गोल अन्तरको आधारमा ३ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ।
यसरी नै ग्रुप आई-मा शक्तिशाली स्विट्जरल्याण्डले बेलारुसलाई ५-०-ले पिट्यो। म्याचमा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने स्विस् टीमलाई रेनाटो स्टेफेनले आधा घण्टाभित्रै ह्याट्रिकको साथ ३ गोलको बढ़त दिलाए। स्टेफेनले चौथो, १७औं र २९औं मिनटमा गोल गरे। यसबाहेक अनुभवी ग्रानिट खाकाले ६२औं र जेकी एमडोनीले ६५औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा रोमानियाले एण्डोर्रा विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। रोमानियाबाट डेनिस मेनले ३४औं र डेनिस एलिबेकले ४९औं मिनटमा गोल गरे। म्याचमा एण्डोर्राका मीडफिल्डर मार्क रेबेसलाई ६१औं मिनटमा रेड कार्ड देखाइयो। ग्रुप डी-मा चाहिँ दुई शक्तिशाली टीम क्रोएशिया र वेल्सबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। म्याचमा क्रोएशिया अन्तसम्म पनि बढ़तमा रहेको थियो तर स्टपेज टाइमको तेस्रो मिनटमा नेथन ब्रडहेडले गोल गरी वेल्सलाई हार्नदेखि बचाए। यसअघि क्रोएशियाबाट एण्ड्रेज क्रामारिचले २८औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा तुर्कीले अर्मेनिया विरुद्ध २-१-ले जीत हासिल गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement