अनित थापाद्वारा चुनाउ प्रचार

photocollage_2022615212828229.jpg

खरसाङ। सिटोङ लाटपञ्चर समष्टिमा म जनतासँग मिलेर नै काम गर्न चाहन्छु। तर यस समष्टिको मालिक हुन चाहन्न। यो जनताको समष्टि हो भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा सिटोङ लाटपञ्चरको पार्टी उम्मेद्वार अनित थापाले आज बताए। अनित थापाले आज सिटोङ २ को मामरिङ तोन्योक अन्तर्गत मध्य तोयोकस्थित जलेश्वर शिवधाममा पूजा अर्चना गरेपछि विभिन्न स्थानहरू पुगेर मानिसहरूसित भेटघाट गर्दै चुनाउ प्रचार गरे। आज तिनले सिटोङ लाटपञ्चर समष्टीको मिडल तुरुक मानेडाँडा, शिव मन्दिर, मिडल मामरिङ, अप्पर मामरिङ, पाखे गाउँ, लोवर गाउँ आदिमा पुगेर त्यहाँका मानिसहरूलाई भेट गर्नको साथै चुनाउ प्रचार गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement