२६ मार्चः कठोर मेहनत र लगनको साथमा खोलाचन्द फाप्रीकी म्याराथन धावक प्रिया छेत्रीले आइतवार बेंगलुरुमा सम्पन्न वनएट रन-मा पहिलो स्थान हासिल गरिन्। भारतीय क्रिकेटर विराट कोहलीको ब्राण्ड वनएट-द्वारा आयोजन गरिएको यस दौड़मा प्रियाले आयु वर्ग (१८ किलोमीटर, १६-देखि २५ वर्ष) -मा हिस्सा लिएर प्रथम स्थान हासिल गरिन्। उनले १ घण्टा २८ मिनटमा दौड़ पूरा गरी सफलताको नयाँ माईलखुट्टी स्पर्श गरिन्। आजको दौड़लाई फ्ल्याग अफ् गर्न विराट कोहली स्वयं उपस्थित थिए। उल्लेखनीय छ, विभिन्न संघ-संस्थाको सहयोग अनि सबैको आशिर्वाद लिएर प्रियाले आफ्नो पिता प्रकाश छेत्रीसँग २२ मार्चमा बेंगलुरु प्रस्थान गरेकी थिइन्। प्रिया सोमवार सिलगढ़ी फर्किनेछिन्।