कोविड़ सिक्किम: दुई जना कोरोना रोगी घर फर्किए

IMG-20230316-WA0249.jpg

गान्तोक: आज राज्यमा एउटापनि कोरोना संक्रमित रोगी फेला न परेको र दुई जना कोरोना रोगी स्वास्थ्य भएर घर फर्किएकाे स्वास्थ्य विभागले जानकारी गराएको छ।

राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार हिजो १४ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा गान्तोक जिल्लाबाट १, पाकिम जिल्लाबाट ८, सोरेङ जिल्लाबाट १ र गेजिङ जिल्लाबाट ४ जनागरी थिए।

हाल राज्यमा कोरोनाको सक्रिया मामिला घटेर ७ रहेको छ।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३३८ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४७ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement