कोरोनाको १,८९० नयाँ मामिला, ६ जनाकाे मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,८९० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,०४,१४७ पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले केरला मा ३ जना र महाराष्ट्र र गुजरात मा २ जना गरी कुल ७ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,८३१ पुगेको छ। यसरी नै यस अवधिमा १,०५१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,६३,८८३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७९% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ९,४३३ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता १.५६ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता १.२९ प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,२१,१४७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,०९,८३,७८६ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ७,०५५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६५,५२,२७९ जनाले यो खोप लगाइसकेको छन्।