नीतू गंघास र स्वीटी बूरा बनिन् वर्ल्ड च्याम्पियन

photocollage_202332523535265.jpg

२५ मार्चः कमनवेल्थ गेम्समा स्वर्ण पदक विजेता नीतू गंघास (४८ किग्रा) र अनुभवी बक्सर स्वीटी बूरा (८१ किग्रा)-ले नयाँ दिल्लीमा जारी महिला विश्व बक्सिंग च्याम्पियनशीपमा अलग-अलग भार वर्गमा अलग-अलग तरिकाले जीत हासिल गर्दै विश्व च्याम्पियन बनेर इतिहास रचिन्। नीतूले असाधारण प्रदर्शन गर्दै फाइनलमा मंगोलियाकी लुतसाईखान अल्तानसेतसेगलाई ५-०-ले पराजित गरी न्यूनतम् भार वर्गमा स्वर्ण पदक जितिन्। स्टेडियममा बेजिंग ओलम्पिकमा काँस्य पदक विजेता तथा नीतूका आदर्श बिजेन्दर सिंह पनि उपस्थित थिए। यसरी नै स्वीटीले लाइट हेभिवेट वर्गमा चीनकी वांग लिनालाई ४-३-ले पराजित गरी च्याम्पियनशीपमा भारतलाई दोस्रो स्वर्ण पदक दिलाइन्। विश्व च्याम्पियनशीपमा यसअघि पाँचजना महिला बक्सरले स्वर्ण पदक जितेकी थिइन्। यसमा एमसी मेरिकोमले ६ पल्ट विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेकी थिइन्। यसबाहेक सरिता देवी, जेनी आरएल, लेखा केसी र निकहत जरीनले महिला विश्व बक्सिंग च्याम्पियनशीपमा स्वर्ण पदक जितेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *