क्रिकेटरहरूलाई प्रोत्साहन गर्न स्वयं मैदानमा उत्रिए मुख्यमन्त्रीतामाङ

photocollage_2023325233418543.jpg

गान्तोक:: सिक्किम क्रिकेट एसोसिएशनको पहलमा गत ५ मार्चदेखि आयोजित ए डिभिजन मेन्स क्रिकेट प्रतियोगिताको फाइलन खेल आज सम्पन्न भयो। यसै क्रममा आज माइनिङ क्रिकेट मैदानमा च्यारिटी क्रिकेट खेलको आयोजना गरियो।आज पहिलो खेल सिका ११ बनाम मुख्य सचिव ११ माझ सम्पन्न भयो, जसमा सिका ११ लाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेतृत्व गरेका थिए। मुख्य सचिव ११ लाई मुख्य ‘सचिव बीबी पाठकले नेतृत्व गरेका थिए। उक्त खेलमा सिका ११ ले मुख्य सचिव ११ लाई परास्त गयो ।टोलीका कप्तान एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले ३ विकेट लिएका थिए। सिका ११ विजयी बनेपछि विधायक (एमएलए) सँग दोस्रो खेल सम्पन्न भयो। उक्त खेलमा पनि सिका ११ विजय बन्यो। उक्त खेलमा मुख्यमन्त्रीले जम्मा २५ रन बनाए।
आजको खेलबारे बोल्दै मुख्यमन्त्री तामाङले छुट्टीको दिनमा राज्यको क्रिकेट अनि क्रिकेटरहरूलाई प्रोत्साहन गर्न आफु स्वयं मैदानमा उत्रिएको बताए। आजको च्यारिटी खेलबाट जम्मा छ लाख रुपियाँको रकम उठेको अनि उक्त रकम राज्यको विभिन्न चाइल्ड केयर इन्सटिटयूट अनि ओल्ड एज होमहरूलाई प्रदान गरिने अवगत गराए। यसका साथै चारवटा वालगृह अनि वृद्ध आश्रमलाई टेलीभीजन प्रदान गरिएको पनि उनले जानकारी गराए। उनले अहिले क्रिकेटको क्षेत्रमा सिक्किमले धेरै प्रगति गरिरहेको बताए। केही महीनाअघि यही खेल मैदानमा रज्जी ट्रफीको दुईवटा खेलहरू आयोजना भएको बताउँदै यो सिक्किमको निम्ति गर्वको विषय रहेको बताए। आगामी दिनमा यहाँ राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरको खेलहरू आयोजन हुने कुरामा पनि मुख्यमनन्त्री तामाङले विश्वास व्यक्त गरे। बीसीसीआईबाट प्राप्त हुने सहयोगबाट सिक्किममा क्रिकेट मैदान अनि पूर्वाधारहरूको निर्माण भइरहेको मुख्यमन्त्री तामाङले बताए। सिक्किमको क्रिकेटलाई विकास गर्नको निम्ति आफुले धेरै योगदान दिएको पनि उनले बताए। सिक्किम क्रिकेट एसोसिएशनमा रहेर सेवा पुऱ्याउने अनि सिक्किमको क्रिकेट क्षेत्रलाई विकास गर्न योगदान दिने सम्पूर्णलाई पनि उनले बधाई दिए। यसरी सरकारका मुख्यमन्त्री, विधायकदल अनि सचिवहरू स्वयं मैदानमा उत्रीएर क्रिकेट खेल्दा अवश्यै पनि युवाहरू प्रेरित बन्ने उनले विश्वास व्यक्त गरे।कोभिड महामारीका कारण राज्यमा खेलकूद क्षेत्रमा केही अवरोध आए पनि महामारी हटिएपछि वर्तमान सरकारले यसको आयोजन अनि पूर्वाधारहरू निर्माण गर्ने कार्यमा तीव्रता दिएको बताए। आगामी दिनमा सरकारले राज्यका सबै जिल्लामा क्रिकेटको निम्ति उपयुक्त पूर्वाधारहरूको निर्माण गर्ने उनले बताए। यसरी नै प्रत्येक जिल्लामा पर्याप्त खेल मैदानहरूको निर्माण गर्ने पहलमा पनि सरकारले अहिले कार्य गरिरहेको उनले जानकारी गराए।
आजको खेलपछि खेलाडीहरूलाई मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलिबाट पुरस्कार हस्तान्तरण गरियो । यसका साथै खेलका क्षेत्रमा विभिन्न उपलब्धी हासिल गर्ने खेलाडीहरूलाई पनि मुख्यमन्त्री तामाङको बाहुलिबाट प्रशस्ति पत्र प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *