लंकाको सार्वजनिक नामघर (पुजा स्थल)मा चोरी

temple-theft.jpg

होजाई: होजाई जिल्लाको लंका स्थित सार्वजनिक नामघर (पूजा स्थल) मा चोरीको घटना घटेको छ।सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, राति चोरले नामघरको प्रवेशद्वार र मणिकूटको ताला तोड़ेर चोरी गरेको छ। आज बिहान नामघरिया (पुजारी) आएपछि चोरीको घटनाबारे थाहा लाग्यो। लंका शहरको पारनो नामघरबाट चोरहरूले कांसा र पीतलका धेरै बहुमूल्य समानहरूका साथै दौल-गोविन्दको मूर्ति पनि चोरेर भागे। लंका पुलिस घटनास्थलमा पुगेर छानबीनमा जुटेको छ। यस सम्बन्धमा नामघर प्रबन्धनको तर्फबाट एक प्राथमिकी दर्ता गराइएको छ। पुलिस चोरलाई खोज्नमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *