विचारको परिवर्तनमा निस्केको अभियान हो हाम्रो। हामीले विचारको लडाई जिती सकेका छैनौं: अनित थापा

IMG-20230325-WA0285.jpg

कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पञ्चायत चुनावको निम्ति राजनैतिक गतिविधि तीव्र गरेको छ। पञ्चायत चुनाव विषय जनतालाई जानकारी दिने उद्देश्य लिएर आज कालेबुङ जिल्लाको निम्बोङमा पार्टीले कर्मी सभाको आयोजना गर्यो। कर्मी सभामा आफ्नो उपस्थिति दिनु पुगेका पार्टी अध्यक्ष अनित थापाले सभालाई सम्बोधन गर्दै भने, “बीजीपीएम पार्टी जनआधारित पार्टी हो। यो पार्टी नेता आधारित पार्टी होइन।”
जीटीए चुनाव जितेपछि आफुहरुले ल्याएको र उपलब्धिको गणना गर्दै उनले भने, “विगत आठ महिनाभित्र हामीले जीटीएकाे व्यवस्था ठीक गर्नु पटि लाग्यौं। तपाईंहरुलाई हामीले दिएको वचन पूरा गर्न सरकारसंग डायलग गर्नुपट्टि लाग्यौं। हाम्रो मिसन जीटीए चुनाव जित्नु मात्र थिएन। हाम्रो लक्ष्य अनि मिसन जीटीए भन्दा ठूलो छ।”
कर्मीहरुमा हिजो जुन जोश अनि ऊर्जा थियो आज घट्दै गरेको जस्तो लाग्दैछ। उनीहरुलाई हौसला दिँदै उनले भने, “विचारको परिवर्तनमा निस्केको अभियान हो हाम्रो। विचारको परिवर्तनको जीत विस्तारै हुँदैछ। हामीले विचारको लडाई जिती सकेका छैनौं। तपाईहरुको ऊर्जा अनि जोश यही विचारको परिवर्तन ल्याउनमा बचाउनु पर्छ। जी टी एकाे चुनाव जित्नु विचारको लडाई जिती सक्यौं भन्ने होइन।”
हामीले पञ्चायती व्यवस्था फर्काउनु सक्यौं भने विगतको नेताहरुले किन् सकेन? कारण पावर खोसिनेको डरले। हामीलाई कुर्सीको लोभ छैन भन्दै भने, “पहाडमा पञ्चायती चुनाव आफै आएको होइन। हामीले फर्काएर ल्याएको हो।”
बीजीपीएमले के दिएको छ भनेर सोध्नु हुन्छ , उत्तर दिँदै उनले भने,” बीजीपीएमले स्वच्छ परिवेश बनाई दिएको छ। असल बारी बनाई दिएका छौं। तर बिजन छर्ने काम तपाईंको हो। यस्तो परिवेशमा पनि केही गर्नु सक्नु भएँन भने दोष पार्टी अनि झण्डाको होइन। “
उनले विपक्षीले बारम्बार आफूहरुमाथि लगाएको आरोपमाथि टिप्पणी गर्दै भने, “आज नो मोर फियर भन्ने पार्टीले खुल्ला रूपले बोल्नु पाउँदैछ। हिजोको दिनमा हो भने भाग्नु पर्ने थियो। आज जतिको बोल्दैछन् त्यतिको हिजोको दिन बोलेको भए घर जल्नेथ्यो। पहाडको मानिस डराउनु होइन जागरुक बन्नुपर्छ।”
शिक्षक नियुक्तिमाथि बारम्बार सोसियल मिडियामा बोली रहनेहरुलाई चेताउनी दिँदै उनले भने, “पहाडमा सिस्टम ठीक छैन। एसएससी लागु भएको छैन। त्यो नहुँदा धेरै शिक्षितहरु स्कूलहरुमा भोलेण्टिएर काम गर्नेहरुको विरूद्ध केही भाइहरूले केस हालेछन्। यदि ती भाईहरुको कारण आज भोलेण्टिएर गर्दै गर्ने शिक्षकहरूको घरमा कुनै अप्रिय घटना घट्यो भने सोसियल मिडियामा कराउने भाइहरू नै जिम्मेवार हुनेछन् अनि जुन नेताहरुले भाइहरूलाई उचाल्दैछ उनीहरू जिम्मेवार हुनुपर्छ।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *