कञ्चनजङ्गा राज्य विश्व विद्यालयको पहिलो दीक्षान्त समारोह भव्यरूपमा सम्पन्न

IMG-20230325-WA0244.jpg

क्षेत्रिय भाषाहरूमा युवाहरूले चासो राख्नु पर्छः राज्यपाल

गान्तोक: कञ्चनजङ्गा राज्य विश्वविद्यालले आफ्नो पहिलो दीक्षान्त समारोह राजधानीस्थित चिन्तन भवनमा पालन गऱ्यो। कार्यक्रमको पहिल चरणमा मा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती मुख्य अतिथिकोरूपमा उपस्थित थिए भने दोस्र चरणमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य रहेका थिए। कार्यक्रममा उक्त विश्व विद्यालयका संस्कृत र नेपाली भाषामा सिक्किमको भाषा र संस्कृतिका बारेमा प्रवचन समेटिएको पत्रिकाको विमोचन गरियो। केएसयूबाट नेपाली र संस्कृतमा स्नातकोत्तर गर्दै आएका ६८ जनालाई विद्यार्थीहरूलाई मुख्य अतिथिको बाहुलीबाट डिग्री प्रदान गरियो।

सन् २०२० देखि २०२२ सम्ममा नेपालीमा मास्टर्स अफ आर्ट्स (एमए) र संस्कृतमा मास्टर्स अफ आर्ट्स (एमए) मा स्वर्ण पदक र रजत पदक विजेताहरूलाई सम्मान जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अरूण उप्रेतीले अरुण उप्रेतीले आफ्नो सम्बोधनमा दीक्षान्त समारोहलाई सिक्किम राज्यको लागि ऐतिहासिक भएको बताए। शिक्षाको महत्वमा जोड दिँदै उनले कुनै पनि क्षेत्रको आर्थिक विकासमा उच्च शिक्षाले ठूलो भूमिका निर्वाह गर्न बताए। स्नातकहरू उतिर्ण परिवारहरूलाई हार्दिक बधाई दिँदै उनले सरकारले निकट भविष्यमा सिक्किमका युवाहरूलाई सबै प्रकारको सुविधा प्रदान गर्ने आश्वासन दिए। यसै क्रममा उक्त विश्वविद्यालयका उपकूलपतिले डिग्री प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई सर्वप्रथम बधाई साथै शुभकामना दिए।

यसै क्रममा सम्बोधन गर्दै राज्यका राज्यपाल अर्थात कूलपति लक्ष्मण प्रसाद आचार्यले राज्यलाई दक्ष जनशक्ति उपलब्ध गराउने र विकासको सेवमा टेवा पुऱ्याउने शिक्षित युवा पुस्ता अहिलेको आवश्यकता रहेको बताए। उनले युवाहरूलाई सम्मानजनक रोजगारीमा गर्न राज्य सरकारको तर्फबाट शुरू गरिएको विभिन्न योजनाहरूबारे प्रकाश गरे। संस्कृतलाई देशको प्राचीन भाषा र भारतको पहिचानको रूपमा यसको प्रतिनिधित्व गरेको उनले अवगत गराए। मातृ संस्कृतिलाई जीवित राख्न अत्यावश्यक रहेको साथै क्षेत्रीय भाषामा युवाहरूले चासो राख्नु पर्ने बताए। विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले राज्य र देशका लागि केही गर्ने नयाँ संकल्पका साथ स्नातकोत्तरको नयाँ यात्रामा अघि बढ्न सुझाव दिए। शैक्षिक कार्यक्रमहरूमा महिला विद्यार्थीहरू संलग्न अधिक भएको देखेर खुशी व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *