दुईजना भू-माफियालाई पक्राउ

IMG_20220615_211352.png

सिलगढी: पुलिसले भू-माफिया विरुद्ध लगातार अभियान चलाइरहेको छ। आसिघर आउटपोस्ट पुलिसले दुईजना भू-माफियालाई पक्राउ गरेको छ। तिनीहरूलाई आज जलपाईगढी अदालतमा पेश गऱ्यो। पक्राउ पर्नेहरूमा फनी राय र सुशान्त दास सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति आसिघर आंउंटेपोस्ट पुलिसले डाबग्राम २ अञ्चलको माझाबारी इलाकाबाट दुईजना भू-माफियालाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका दुईजना व्यक्तिले धेरै दिन अघिदेखि नकली कागजपत्र बनाएर जमिन किन-बेच गरिरहेको साथै जमिन दखल गरेको आरोप रहेको छ। पक्रा परेका दुईजना व्यक्तिसित पुलिसले सोधखोज गर्दा अन्य केही भू-माफियाहरूको नाम अघि आएको छ। घटनाको जाँच शुरू गरेको आसिघर आउटपोस्ट पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement