दार्जीलिङ: रिम्बिक लोधोमा समष्टिमा हाम्रो पार्टीको समष्टि कमिटी गठन गरिएको छ।बाँसबोटे चिलिङ सार्वजनिक भवनमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। डीकमान राईको अध्यक्षतामा सम्पन्न भएको आयोजित सभामा पार्टीको केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्री विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै केन्दीय सांगठनिक सचिव बिक्रमादि राई,दार्जीलिङ टाउन कमिटि अध्यक्ष नोरा सुब्बा आदि उपस्थित रहेका थिए। त्यसरी नै रिम्बिक लोधोमा समष्टिको विभिन्न स्थानहरूबाट पार्टी कार्यकर्ता एंव समर्थकहरूको उपस्थिति रहेको थियो। सभामा रिम्बिक लोधोमा समष्टिमा हाम्रो पार्टीको कार्यकर्ता एंव समर्थकहरू हुँदा हुँदै पनि कतिपय कारणहरूले समष्टि कमिटी गठन हुन सकेको थिएन।त्यसकारण आजको सभामा रिम्बिक लोधोमा समष्टिमा हाम्रो पार्टीको समष्टि कमिटी गठन गर्ने कार्य भयो। उक्त समष्टी कमिटीमा बुद्व लक्समलाई अध्यक्ष चयन गरेको छ। त्यसरी नै उपाध्यक्ष रामलाल राईलाई चयन गरेको छ।महासचिव चित्रसेन काम्बाङ,सहसचिव सुरेश राईलाई चयन गरेको छ। प्रमुख सल्लाकारहरूमा जीवन लिम्बु,डीकमान राई,देवराज राई,कुशल लिम्बु,ऐम राई, चन्द्रमान राई,जीरमान राई,संजय सुब्बा,पासाङ शेर्पा, रन्जीत राई,पेम्बा शेर्पा,कर्ण राई,अजय काम्बाङ,नाथुराम सुब्बा,राम छेत्री आदि सामेल रहेका छन। सभामा पार्टी केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्रीले हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै गोर्खा जातिको जातीय मुद्दा र राम्रो दार्जीलिङ बनाउने अठोट संकल्प लिन्दै आई रहेको छ। जनताको समर्थन र माया पाए हाम्रो पार्टीले आफ्नो संकल्पलाई कार्य रूपमा परिणत गर्ने कुनै कसर छोडने छैन भन्ने उपस्थित भीडलाई बताए। त्यसरी नै हाम्रो पार्टीको केन्द्रीय सांगठनिक सचिव बिक्रमादि राईले अजय एडवाडर्स एक समाजसेवी ब्यक्ति हुन् अनि उनी हाम्रो गोर्खा जातिको जातीय मुद्दा र हाम्रो दार्जीलिङलाई राम्रो दार्जीलिङ बनाउँछु भन्ने सोच र विचार लिएर उनी राजनीतिमा प्रवेश गरेको हो भन्ने बताए।उनले भने, पहाडमा धेरै राजनैतिक दल र नेताहरूको जन्म भयो,राजनीति दल र नेताहरूले शुरू शुरूमा पहाडबासीलाई ठूल्ठूला सपनाहरू देखाउने गरेर जनताको माया पाएपछि उनीहरूले जनतासंग गरेको वाचाहरू सवै भूलेर केवल आफ्नो निजी स्वर्थको कामहरू गरेको आलो घटनाहरू थुप्रै रहेको राईले बताए। पहाडमा जनताको राज ल्याउन तपाई हामी सवै एकबद्व हुन अति नै जरूरी रहेको छ।