समष्टि गठनसँगसंगै हाम्रो पार्टीले शुरू गरयो मिशन पञ्चायत

IMG-20230325-WA0262.jpg

दार्जीलिङ: सुके मानेभन्ज्याङ समष्टि गठनसंगै हाम्रो पार्टीले पञ्चायत चुनावको तयारी शुरु गरेको छ। सुकिया पोखरी बजारको युवक संघ सार्वजनिक भवनमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो।आयोजित सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, हाम्रो पार्टी श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ आदि उपस्थित रहेका थिए। सुके मानेभन्ज्याङ समष्टिको कार्यकर्ता एंव समर्थकहरूले पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको आगमन हुँदैछ भन्ने सुन्न पाएकोले स्वागतद्वार बनाएर भब्य स्वागत जनाएका छन्। युवक संघ सार्वजनिक भवनमा समष्टिका कार्यकर्ता एंव समर्थकहरूको अपार उपस्थिति रहेको थियो। सुके मानेभन्ज्याङ समष्टिमा हाम्रो पार्टीको प्रभुत्व हुँदा हुँदै पनि कतिपय कारणहरूले गर्दा समष्टि गठन हुन सकेका थिएन। त्यसकारण आजको सभामा सुके मानेभन्ज्याङ हाम्रो पार्टीको समष्टि गठन गरियो जसमा दिपेन राई अध्यक्ष,बलवीर राई उपाध्यक्ष चयन गरिएको छ।

त्यसरी नै महासचिव गोविन राई,सहसचिव दावा शेर्पा,रमेश राई,त्यसै गरी कोषाध्यक्ष तेन्जीङ शेर्पा र सचिन राईलाई चयन गरिएको छ।प्रचार प्रसार सचिवको पदमा ओबेद भोटियाँ र दिनेश राई लाई चयन गरिएको छ। आजको सभामा केन्द्रीय नेतृत्वहरूले पहाडमा जनताको राज ल्याउन तपाई हामी सवै एकबद्व हुन पर्छ भन्ने आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement