दार्जिलिङ पहाड़मा मनरेगा (सय दिने रोजगार)मा ३१९ करोड़ खाएको छ: सांसद राजु विष्ट

photocollage_202332521561373.jpg

मिरिक: दार्जिलिङ पहाड़मा सय दिने रोजगार (मनरेगा)मा ३१९ करोड़ रुपियाँ खाएको आरोप दार्जिलिङका भाजपा सांसद राजु विष्टले लगाएका छन्। आज मिरिको ओकाइटी आएका सांसद राजु विष्टलाई पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा उक्त कुरा बताएका छन्। उनले सम्पूर्ण पश्चिम बंगालमा सय दिने रोजगारमा ३ करोड़ ७० लाख जब कार्डहरू फर्जी रहेको र यस कुरालाई ममता ब्यानर्जीले पनि स्वीकार गरेको बताएका छन्। सांसद राजु विष्टले भने, ‘सय दिने रोजगारको काम केन्द्रले रोकेको छैन, तर सही मानिसलाई दिनु भनेको हो। मैले रोकेको भन्छ भने हो मैले नै रोकेको हो। त्यो मेरो जिम्मेदारी हो। अहिले पाइप पनि फाट्दैछ र जीआई पाइप नलगाएर प्लास्टिकको पाइप लगाउँदैछ त्यसैले त्यो पनि रोक्छु।’
सांसद राजु विष्टले अघि भने, ‘आकाशवाणी खरसाङ कतै सर्दैन, बरू राष्ट्रीय र अन्तर्राष्ट्रीय रूपमा प्रसारणको हब हुनेछ। यो आगामी १ अप्रेलदेखि शुरु हुनेछ। भविष्यमा गोर्खाहरूको लागि आफ्नै च्यानल हुने र त्यो सबै खरसाङबाट नै सञ्चालन गर्ने विषयमा काम गरिरहेको छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement