– सीआरपीएफको ८४औं स्थापना दिवस समारोहमा केन्द्रिय गृहमन्त्रीको सम्बोधन
जगदलपुर/रायपुरः बस्तरमा आयोजित सीआरपीएफको ८४औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै शनिवार केन्द्रिय गृहमन्त्री अमित शाहले भने, यो एउटा ठूलो उपलब्धि हो कि बस्तरमा हामी स्थापना दिवस समारोह पालन गरिरहेका छौं। उनले वामपन्थी उग्रवाद हिंसका घटनाहरूमा ७६ प्रतिशत ह्रास आएको दाबी समेत गरे। उनले भने, यस भव्य स्थापना दिवस समारोहको निम्ति म तपाईहरू सबैलाई बधाई दिँदछु। २२४९ शहीद जवानहरूलाई श्रद्धाञ्जलि दिन्छु जसले देशको लागि आफ्नो प्राणको बलिदान दिएका छन्। सीआरपेफ देशको शान्ति र सुरक्षाको सशक्त आधार बन्न पुगेको छ। आज म तपाईहरूमाझ उभिएर बोलिरहेको छु, किनभने नक्सलीहरू मासिँदैछन्। यो सबै सीआरपीएफको कारणले भएको हो। एउटा बटालियनबाट शुरू भएको सीआरपीएफ आज देशको प्रत्येक कुनामा उपस्थित छ।
वर्ष २०१० -को तुलनामा देशमा वामपन्थी उग्रवाद हिंसाका घटनाहरूमा ७६ प्रतिशत ह्रास आएको दाबी गर्दै गृहमन्त्रीले अझ भने, यसको परिणामस्वरूप मृत्युहरूमा ७८ प्रतिशत कमी आएको छ। उग्रवादविरूद्ध हाम्रो लड़ाईँ जारी छ। उनले भने, इतिहासमा सीआरपीएफको महत्वपूर्ण योगदान छ। उनीहरूको कल्याणको लागि भारत सरकारले अहम कदम उठाएको छ। जवानहरूले उग्रवादीहरूसित लड़ाईँ लड़ेका छन्। जवानहरूले १८ हजारभन्दा अधिक आदिवासी दाज्यु-भाइहरूलाई औषधिदेखि लिएर सबै सुविधा उपलब्ध गराएका छन्। केन्द्रिय मन्त्री अमित शाहले भने, कोरोना कालमा सीआरपीएफ तैनाथ भएका क्षेत्रहरूमा उत्साहपूर्वक जनताको सेवा गरियो। सीआरपीएफले आफ्नो आदर्श वाक्य सेवा र निष्ठापूर्वक काम गरेको छ। वामपन्थी तथा उग्रवादीहरूको फण्डिङको श्रोतलाई रोक्नको लागि हामीले एनआईए र ईडीलाई सक्रिय बनाएका छौं जसको परिणामस्वरूप आज नक्सलीहरूको कम्मर भाँचिएको छ।
गृहमन्त्रीले वामपन्थी उग्रवादविरूद्ध सरकारको लड़ाईँ अन्तिम चरणमा रहेको अवगत गराउँदै भने, म शहीद परिवारहरूप्रति आफ्नो कृतज्ञता व्यक्त गर्दछु। आन्तरिक सुरक्षामा सीआरपीएफ जवानहरूको अहम भूमिका छ। उनले अझ भने, आज १७४ विकास कार्यहरूको लोकार्पण गरिएको छ। छत्तीसगढ़भित्र हल्बी बुलेटिन शुरू भएपछि स्थानीय भाषा मजबुत हुनेछ। आदिवासी समुदायले आफ्नो भाषामा देश-दुनियाँका जानकारीहरू हासिल गर्न सक्नेछन्। म दूरदर्शन र आकाशवाणीलाई पनि बधाई दिन्छु।