सिलगढी: फाँसीदेवाको घोषपुकुर संलग्न चेङ्गा नदीबाट माफियाहरूले बालुवा तस्करी गरिरहेको समय पुलिसले अभियान चलाएर तस्करीलाई रोक्ने प्रयास गर्दा उल्टै पुलिसको वाहनमा आगो लगाइदिएको घटनाका आरोपीहरू दुइ जना बालुवा माफियालाई पक्राउ गरेको छ। फाँसीदेवाको घोषपुकुर आउट पोस्ट पुलिसले गत राति दुइ जनालाई पक्राउ गरेको बताइएको छ। पक्रा पर्नेहरूमा आशीष बाला (२५) र सञ्जय तिर्की (३२) सामेल छन्। यी दुवै चेङ्गा नदी संलग्न इलाका निवासी हुन् । आज दुवै जनालाई सिलगढी अदालतमा पेश गरियो। यसपछि पुलिसले आरोपीहरूलाई हिरासतमा लिएर सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ। स्मरण रहोस, गत बिहिबार राति फाँसीदेवाको चङ्गा नदीबाट बालुवा तस्करी भइरहेको सूचना पाएर पुलिसले अभियान चलाउँदा बालुवा माफियाहरूले पुलिसको वाहनमा आगो लगाई दिएपछि वाहन जलेर भष्म भएको थियो।