भाजपाको पञ्चायत सदस्य लगायत अन्य केही तृणमूल कङ्ग्रेस-मा सामेल

IMG-20230325-WA0295.jpg

राजगञ्ज: पञ्चायत चुनाउ अघि भाजपाको पञ्चायत सदस्य लगायत अन्य केही पार्टी छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। राजगञ्जको सुखानी अञ्चल तृणमूल कङ्ग्रेसको पहलमा आज योगदान कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा विधायक खगेश्वर रायले भाजपाका पञ्चायत सदस्य लगायत अन्य कार्यकर्ता तथा समर्थकहरूलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाए। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक सभापति अरिन्दम ब्यानर्जी, राजगञ्ज ब्लक तृणमूलको युवा सभापति तुषारकान्ति दत्त, सुखानी अञ्चल तृणमूल युवा सभापति फारजान अली लगायत अन्य उपस्थित थिए। यस विषयमा राजगञ्जका विधायक खगेश्वर रायले भने, पञ्चायत चुनाउ अघि भाजपाका एकजना पञ्चायत सदस्य तृणमूलमा सामेल भएका छन्। यसको साथै अन्य पार्टीका केही कार्यकर्ताहरू पनि तृणमूलमा सामेल भएका छन्। तृणमूल सामेल भएपछि हरसुन्दर रायले भने, ममता ब्यानर्जीको विकासमूलक कार्य देखेर नै आफू आज भाजपा छोडेर तृणमूल मा सामेल भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement