फाँसीदेवा घोषपुकुर युवा कङ्ग्रेस द्वारा राहुल गाँधीको सांसद पद खारेज गरेको प्रतिवादमा विक्षोभ प्रदर्शन

IMG-20230325-WA0296.jpg

फाँसीदेवा: कङ्ग्रेस नेता राहुल गाँधीको सांसद पद खारेज गरिएको छ। यसकोमा प्रतिवाद जनाउँदै आज फाँसीदेवा घोषपुकुर युवा कङ्ग्रेसले विक्षोभ प्रदर्शन गर्यो। फाँसीदेवाको घोषपुकुर पार्टी कार्यालयबाट युवा कङ्ग्रेसका कार्यकर्ताहरूले आज प्रतिवाद रेली निकाले।त्यसपछि राष्ट्रिय राजमार्गमा नै बसेर विक्षोभ प्रदर्शन गरे। त्यस समय पुलिसले बाँधा दिँदा युवा कङ्ग्रेसका सदस्यहरू र पुलिसमाझ हातापाई भएपछि उत्तेजनाको माहौल देखापर्यो। यस विषयमा जिल्ला युवा कङ्ग्रेस सभापतिरोहित तिवारीले भने, प्रधानमन्त्री मोदी विरुद्ध आक्रोश जारी रहनेछ। दिदी र मोदीको सम्झौतामा पुलिसले टीम बी को काम गरिरहेको छ।

About Author

Advertisement