एनजेपी रेल अस्पतालको देवाल भत्किँदा केही घाइते

IMG-20230325-WA0317.jpg

सिलगढी: रेलवे अस्पतालको देवाल भत्केर धेरैजना घाइते भएका छन्। आज दिउँसो सिलगढीको ३४ नम्बर वार्डको मोड बजार इलाकामा घटेको हो। आज दिउँसो अचानक एनजेपी रेल अस्पतालको देवाल भत्किँदा त्यहीँ बाटो भएर केही मानिसहरू आवत-जावत गरिरहेकोले गर्दा धेरैजना घाइते भएको बताइएको छ। घटनापछि घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा पठाएको छ। कुनै ठुलो दुर्घटना हुनबाट जोगियो। यसैले चाँडै देवाल मरमति गर्ने तिनीहरूले माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement