श्रद्धाञ्जली सभा सम्पन्न

490f92be-81ab-4576-8335-0424e3c865bf


बाग्राकोटः हिज वरिष्ठ कथाकार व्याकरणविद, आख्यानकार साथै एक कुशल शिक्षक स्व विष्णु शर्मा अधिकारीको तेह्र दिने शुद्धिकार्य सम्पन्न भयो। ३ मार्च, १९४७ मा पश्चिम डुवर्सको आशाबारी चियाबारीमा जन्मेका स्व विष्णु शर्मा अधिकारीको तेह्र दिने शुद्धिकार्यमा श्रद्धान्जली सभाको पनि आयोजन गरिएको थियो। जसमा विभिन्न क्षेत्रबाट साहित्यकार, समाजसेवी अनि शिक्षक-शिक्षिकालगायत स्थानीय मानिसहरूको बाक्लै उपस्थिति रहेको थियो। सभालाई वरिष्ठ साहित्यकार गोपालसिंह विश्वले अध्यक्षता गरेका थिए भने शोकाकुल परिवारका पक्षमा देवराज शर्मा, पुष्पाराज शर्मा (छोराहरू), दीपा शर्मा, दिपिका शर्मा (छोरीहरू) अनि निता शर्मा (बुहारी) को विशेष उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै डुवर्सकै माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिका मूल सचिव रबिन खवासले गुरुप्रति आफ्नो अनुभव साझा गर्दै गुरुले दिनु भएको गुरु दक्षिनास्वरुप नेपाली भाषा शुद्धिकरण र साहित्य लेखनीको ज्ञान हाम्रो निम्ति ब्रम्हास्त्र हो।” यस्ता व्यक्तिको निधनले समाजलाई ठुलो क्षति पुगेको उपस्थित सबैलाई बताए। त्यसरी नै कथाकार मदन खडका, कवि तथा भूतपूर्व प्रधानाध्यापक गङ्गाप्रसाद प्रधान, शिक्षिका गंगादेबी शर्मा, भूतपूर्व शिक्षक जेबी छेत्रीले पनि भाषा शुद्धिकरणबारे विष्णु शर्मा अधिकारीको समाजप्रति ठुलो प्रभाव रहेको मन्तव्य व्यक्त गरे।
सभामा डुवर्स नेपाली साहित्य विकास समितिको शोक समवेदना पत्र पठन डुवर्सका स्थापित कवि तथा शिक्षक गणेश गजमेरले गरेका थिए भने बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानको शोक समवेदना पत्र पठन बिनु राईले गरेको श्रद्धान्जली सभामा साहित्य परिक्रमा बाग्राकोटको समवेदना पत्र दिनेश मह्न्ताले पठन गरेका थिए। पठनपछि अथितिको बाहुलीबाट शोकाकुल परिवारलाई प्रदान गरियो। आजको सभालाई इतिहास शिक्षक निर्मल शर्माले सञ्चालन गरेका थिए। यता बाग्राकोट प्राथमिक शिक्षक संगठनको तर्फबाट पनि श्रद्धाञ्जली अर्पण गर्दै परिवार समवेदना पत्र प्रदान गरियो। समवेदन पत्र दिने समय संगठनको कोषाध्यक्ष सुसन गुरुङ, सचिव सबिन छेत्री, अध्यक्ष सुबोध खड्का, सदस्यहरूमा विनोद प्रधान, भुपेश शर्मा, अरुण शर्मा, गगन शर्मा, उमेश रोका, उदिप प्रधान आदिको उपस्थिति रहेको थियो भनी बिनु राईले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement