नयाँ दिल्ली: कांग्रेस नेता राहुल गान्धीले ‘मोदी उपनाम’मा आपत्तिजनक टिप्पणी गरेको भन्दै दोषी ठहरिएपछि दुई वर्षको जेल सजाय पाएपछि लोकसभाको सदस्यता गुमाएका छन्। उनले यसलाई देशको आवाज दबाउन खोजेको बताए। राहुल गान्धी संसदको सदस्यता गुमाएपछि शनिबार पहिलो पटक मिडियासामु देखा परेl उनले भने, ‘प्रधानमन्त्री मोदी संसदमा अदानीको बारेमा आफ्नो अर्को भाषणबाट डराएका छन्। दिउँसोको समय र देशको राजधानी दिल्लीमा राहुल गान्धीको पत्रकार सम्मेलन भएको थियो। मञ्चको एकातर्फ राजस्थानका मुख्यमन्त्री अशोक गहलोत र अर्कोतर्फ केसी वेणुगोपाल राव, राहुल गान्धीसँगै छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, जयराम रमेश र अभिषेक मनु सिंघवी पनि बसिरहेका थिए। मोदी उपनामको टिप्पणीको लागि मानहानिको मुद्दामा दुई वर्षको जेल सजाय पाएपछि र त्यसपछि आफ्नो सदस्यता गुमाएपछि राहुल गान्धी निकै आक्रामक रवैयामा देखिए।
शुक्रबार, सूरतको अदालतले राहुल गान्धीलाई दोषी ठहराएको र सजायको घोषणा गरेको एक दिन पछि, लोकसभा सचिवालयले उनलाई वायनाड संसदीय सीटबाट अयोग्य घोषित गर्न अधिसूचना जारी गर्यो। जनप्रतिनिधित्व ऐनअनुसार कुनै पनि सांसद वा विधायकलाई दुई वर्ष वा सोभन्दा बढी सजाय भएमा निजको सदस्यता तत्काल खारेज भएको मानिनेछ। लोकसभा सचिवालयको अधिसूचना लगत्तै प्रियंका गान्धी वाड्राले ट्वीट गर्दै मोदी सरकारमाथि कडा हमला गरिन्। उनले भनिन्, ‘मेरो परिवारमा नसामा बलिदानीगरूको रगत बहन्छ, जो न कहिले कुनै कायर, सत्तालोभी तानाशाहको अघि झुकेको छ अनि न कहिले झुक्नेछl’ प्रियंका गान्धी वाड्राले शनिबार साँझ ट्वीट गर्दै भाजपालाई फेरि आक्रमण गरिन्। उनले भनिन्, ‘भाजपाले यस देशबाट विपक्ष र लोकतन्त्र समाप्त गर्न चाहन्छ। त्यसैले उनी विपक्षी दलका जनताको आवाजमाथि हमला गरिरहेका छन्l’ पत्रकार सम्मेलनमा राहुल गान्धीले आफू नझुक्ने, पछि नहट्ने, आफ्नो सिद्धान्तमा अडिग रहने बताएका छन्। जनताको आवाजलाई निरन्तरता दिने बताएका छन्। सत्यको बाटोमा देशका लागि कुनै पनि मूल्य चुकाउन तयार रहेको उनको भनाइ। उनले आफू सावरकर नभएको बताउँदै राहुल गान्धीले भने, ‘प्रधानमन्त्रीको आँखामा डर देखेको छु। अडानीमाथिको संसदमा मेरो भाषणदेखि उनीहरू डराउँछन्। यो सम्पूर्ण ड्रामा यस प्रश्नबाट ध्यान हटाउनको लागि होl’