लोकतान्त्रिक प्रणालीको सुन्दर उदाहरण प्रस्तुत गर्दै चुनावमा उठेका दुई प्रार्थीहरूमाझ सौहार्दपूर्ण भेटघाट

Rohini-Area

खरसाङ: पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टिबाट सीपीआईएमको प्रार्थी सचिन खाती र निर्दलीय प्रार्थी सौगात गुरुङले आफ्नो चुनाव प्रचारको समय एका अर्कालाई भेटेर आफ्नो आफ्नो खदा साटासाट गरेका छन्। दुवैले लोकतान्त्रिक प्रक्रियाको एक असल उदाहरण प्रस्तुत गरेका छन्। खरसाङको पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टिबाट सीपीआईएमको प्रार्थीको रुपमा रोहिणी निवासी सचिन खातीले जीटीए चुनाव लडिरहेका छन् भने रोहिणीकै सौगात गुरुङले पनि पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका छन्। बुधबार चुनाव प्रचारको समय अचानक दुवैको भेट भएको थियो। यसरी भेट गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै सीपीआईएमको प्रार्थी सचिन खातीले यसरी प्रार्थीहरू एका अर्कामा सौहार्दपूर्ण वातावरणमा सकारात्मक रुपमा भेटघाट गर्नु गणतन्त्रमा सबैभन्दा स्वादिष्ट हो भनी बताएका छन्। उनले एकजना मालिकको होइन दार्जीलिङ तर यो सबै जनताको हो भन्दै जनताले भोट हालेर नेता चुन्नुपर्छ तर एकजनालाई यो तिमीहरूको नेता हो भनेर हुँदैन भनी बताए। खातीले हामी एकअर्कामा माया छ,  सम्बन्ध छ र य प्रथा दार्जीलिङमा सदैव कायम रहनुपर्छ भनेर हामीले आफ्नो आफ्नो खदा साटेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *