पुटिनलाई पक्राउ गरे रुसले जुनसुकै देशमा बम बर्साउनसक्ने!

Vladimir-Putin

इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि पुटिनका सहयोगी तथा पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले कडा चेतावनी दिएका छन्। उनले पुटिनलाई पक्राउ गर्ने कुनै पनि प्रयासलाई रुसविरुद्ध युद्धको घोषणा मानिने बताए। रुसले जुनसुकै देशमा बम विष्फोट गर्नसक्ने उनले बताएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले रुसी सञ्चारमाध्यमलाई भनेअनुसार आईसीसी गैरकानुनी संस्था हो, रुस, अमेरिका र चीन जस्ता देशले यसलाई मान्यता दिँदैनन्। किनभने यो संस्थाले त्यस्तो कुनै काम गरेको छैन। पुटिनको सुरक्षा परिषद्का उपाध्यक्ष मेदभेदेवले पुटिनलाई हिरासतमा राख्ने कुनै पनि प्रयास युद्धको घोषणा हुने बताएका छन्।

मेदभेदेवले भने, ‘यदि पक्राउको कुनै कदम चालिएको छ भने यो रूसी संघ विरुद्ध युद्धको घोषणा हुनेछl’ उनले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘यस्तो अवस्थामा हाम्रा सबै मिसाइल चुप लागेर बस्दैनन्l’ मेदभेदेवले पश्चिमसँगको सम्बन्ध सायद अहिलेसम्मकै खराब चरणमा रहेको बताए। साथै, रुसबाट आईसीसीको गिरफ्तारी वारेन्ट अपमानजनक पक्षपाती निर्णय भएको भनिएको छ। रूसको सम्बन्धमा यो पूर्णतया अर्थहीन छ। आईसीसीले पुटिनमाथि युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएको छ। उनले युक्रेनी बालबालिकालाई जबरजस्ती अवैध रुपमा रुस ल्याएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement