फुबछिरिङ-पान्दाम समष्टिका समर्थकहरू हाम्रो पार्टीमा सामेल

00-1-IMG-20230325-WA0253

दार्जीलिङ: फुबछिरिङ-पान्दाम समष्टिका समर्थकहरू आज हाम्रो पार्टीमा सामेल भएको पार्टीको पक्षबाट बताइएको छl नेरू रोडस्थित हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्सको निजी वासस्थानमा फुबछिरिङ-पान्दाम समष्टिका समर्थकहरूले हाम्रो पार्टीको झण्डा समाए। यस अवधि क्षेत्रीय सभासद जितेन राई पनि उपस्थित थिए। अजय एडवाडर्सले नयाँ समर्थकहरूलाई पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। आज पार्टीमा सामेल हुनेहरूमा पान्दाम लाइब्रेरी गाउँबाट सुरज छेत्रीको नेतृत्वमा अनि त्यसरी नै फुबछिरिङबाट बन्दना गुरूङ राईको नेतृत्वमा धेरै परिवारहरूले हाम्रो पार्टीको झण्डा समाएको पार्टीको पक्षबाट बताइएको छ। यसै गरी आलुबारी-फुलबारी चिया बगानका समर्थकहरूले पनि हाम्रो पार्टीमा सामेल भएको बताइएको छ। गींग निवासी एंव अजम्बरी पत्रिकाका सम्पादक राहुल गुरूङले आज हाम्रो पार्टीको झण्डा समाएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement