खरसाङ देवराली समष्टिको सिमानाटार गुम्बा जाने बाटो खन्ने शुरु

IMG-20230325-WA0250.jpg

खरसाङ: खरसाङ देवराली समष्टिको सिमानाटार गुम्बा जाने बाटो खन्नु शुरु भएकोमा स्थानीयहरूले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा अनि क्षेत्रीय सभासद श्याम शेर्पाप्रति आभार प्रक्ट गरेका छन्। २८ खरसाङ चिम्नी देवराली समष्टि अन्तर्गत सिमानाटारमास्थित टाँसी छोईलिङ्ग गुम्बासम्म जाने बाटो आज पूजापाठ गरेर कार्यकाे थाल्नी भएको छ। विशेष स्थानीय जनसाधारणको विगत धेरै वर्षदेखि मांग रहेको गुम्बा जाने बाटो थियो। यस विषयलाई गम्भीरतासित लिन्दै सभासद श्याम शेर्पाले जीटीए प्रमुख कार्यपाल अनित थापासित सर-सल्लाह गरेर जेसीभी लगाएर कार्य शुरुआत भएको छ। यस कार्यक्रममा सबैले लामाजनद्वारा पूजा पाठ गरेर समष्टि नारी शक्ति सुष्मा मूखियाद्वारा नरिवल फुटाएर बाटो खन्ने कार्यकाे थाल्नी गरियो। विशेष गरी सभासद श्याम शेर्पा, समष्टि सभापति बीबी राई, नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, सचिव अम्बिका छेत्री, सांगठनिक सचिव ललिता छेत्री, संगीता गुरुमा, सिमानाटार ग्राम सुधार समितिका सभापति एसएम बल, सचिव विधान गुरुङ अनि सदस्यहरु, टाँसी छोईलिङ्ग गुम्बाकाे लामाहरू,
समष्टि युवा शक्तिका दिनेश तामाङ, योगेस गुरुङ, दिपेश गुरुङ, अनुप लामा, उमेश लामा, बाटोकाे लागि दाता बुध्दीमान तामाङ ,माया तामाङ, एकता छेत्री तामाङकाे उपस्थिति रहेको थियो। सम्पूर्ण गाउँवासीले हर्ष महसुस गर्दै सबै सबै अतिथिवर्ग र जमीनदाताहरुलाई खदा लगाएर धन्यवाद ज्ञापन गरियो।
दोस्रो कार्यक्रममा चिम्नी क्षेत्र सुन्दरीकरणकाे लागि आई लब चिम्नीकाे बोर्ड (बिल बोड) काे कार्य पास भएर आएकोले आज पूजापाठ गरी शिलान्यास गरियो भने सोमबारदेखि कार्य थाल्नी हुनेछ। यसले यस क्षेत्रमा धेरै आकर्षण बढ़्ने छ भनी सबै गाउँवासीले खुखी व्यक्त गरेको छ। यसमा पूजापाठसहित समष्टि अध्यक्ष बीबी राईले नरिवल फुटाएर शिलान्यास गरियो। यस कार्यक्रममा खरसाङ ईन्जिनियरिङ विभागकाे सह अभियन्ता रिवाज बसेल, एसएई नारायण छेत्र अनि सहयोगीहरु उपस्थित थिए।

यस विषयमा बोल्दै सभासद श्याम शेर्पाले जानकारी गराए कि हामीले चुनाव जितेपछि समष्टिकाे पञ्चाती क्षेत्रमा धेरै कार्य गर्दै आईरहेको छौं। यस समष्टिकाे सबैभन्दा दुर्गम क्षेत्र मानिने खुन्द्रुके, चारधुरेसम्म बाटो काट्ने कार्य सकिसकेकाे छौं। चिम्नीदेखि मजुवाकाे बाटो जो बेहाल अवस्थामा थियो मरमत्ति गरिसकेको छौं। चित्रे र चिम्नीदेखि मजुवा जाने पुरानो बाटो आरआईडीएफ स्किममा हालेर पठाई सकेको अब अनुमोदन भएर आउनु मात्रै बाँकी रहेको छ भनी बताएका छन्। उनले नगरपालिका क्षेत्रमा पनि काम भईरहेको छ भन्दै पञ्चायत क्षेत्रकाे लागि हर्टिकल्चर विभागबाट पनि धेरै सरकारी सहुलियतहरु आउँदैछ जसले जनसाधारणलाई स्वनिर्भर हुनमा सहायता गर्नेछ भनी बताएका छन्। जीटीएमार्फत् आउँदो दिनमा धेरै धेरै विकासमूलक कार्य हुनेछ र सबै क्षेत्रमा कसैलाई लाखा-पाखा नगरी सबै क्षेत्रमा विकासको कार्य हुनेछ भनी समष्टिको प्रचार-प्रसार सदस्य दिपेन गुरुङले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement