सिलगढी कलेजमा योगासन शिविर

photocollage_202261521047387.jpg

सिलगढी। आज सिलगढी कलेजमा योगासन शिविरको आयोजना गरियो। स्मरण गराइन्छ- आगामी २१ जुनको दिन अन्तराष्ट्रिय योगा दिवस रहेको छ। एनसीसीको १६ नम्बर बटालियनको पहलमा एवम् उत्तरबंग आदर्श योगा अकादमीको सहयोगमा उक्त योग शिविरको आयोजना गरिएको हो। यस अवसरमा योग प्रशिक्षक शिव हाजरासहित कलेजका विद्यार्थीहरू उपस्थित थिए। योग प्रशिक्षक शिव हाजराले आजको शिविरमा योग गरेर स्वस्थ्य रहन सकिन्छ भन्ने विषयमा जानकारी गराउनको साथै विभिन्न प्रकारको योगबारे बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement