हैदरपाडाबाट पक्राउ परेका २ बंगलादेशीलाई अदालतमा पेश

0cf1dbf2-4ee7-4516-82cb-e3fd9fd4d75d

सिलगढी: सिलगढीको हैदरपाडा क्षेत्रबाट पक्राउ परेका दुई बंगलादेशी नागरिकलाई जलपाइगढी अदालतमा पेश गरियो। उनीहरू दुवैलाई भक्तिनगर पुलिसले शनिबार भक्तिनगर पुलिसको पायल सिनेमा मोड ट्राफिक मोड नजिकबाट दुईजना बंगलादेशी नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूको नाम रतन मण्डल ३३ वर्ष र माणिक मण्डल ३१ वर्ष रहेको छ।जसको घर पुराना बजार, मदारीपुर थाना ढाका, बंगलादेश हो। यी दुई दाजुभाइ हुन्। उनी विगत ६ महिनादेखि सिलगढीको हैदरपाडा क्षेत्रमा भाडामा बस्दै आएका थिए। पुलिसले सोध्दा कुनै पनि वैध कागजात देखाउन सकेनन्। विशेष दफा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। दुवैलाई आइतबार जलपाइगढी अदालतमा पेश गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement