जयगाउँमा शान्ति कमिटी गठन

Jaigaon

कालचिनी: भारत-भोटाङ सीमान्त शहर जयगाउँमा साम्प्रदायिक सद्भाव र भाईचारा अनि  शान्ति बनाई राख्न पुलिस प्रशासनको पहलमा स्थानीय बासिन्दाहरुलाई लिएर शान्ति कमिटी बनाएर आईरहेको क्रममा बुधबार फेरि जयगाउँमा पुलिस प्रशासनको देखरेखमा पुरानो कमिटी भङ्ग गर्दै नयाँ शान्ति कमिटीको गठन गरियो। जयगाउँ स्थित अग्रसेन भवनमा सम्पन्न सो बैठकमा जयगाउँ एएसपी कुन्तल ब्यानर्जी, एसडीपीओ एलटी भोटिया र जयगाउँ थाना प्रभारी प्रवीर दत्तको उपस्थितिमा जम्मा ५०० सदस्यीय शान्ति कमिटी गठन गरियोl उक्त कमिटीको सभापतिको पदमा जयगाउँका समाजसेवी वाङ्गेल लामा र सचिव मफिदुल इस्लामलाई छनौट गरिएको बताइएको छ। उक्त कमिटीले जयगाउँमा कुनै पनि प्रकारको साम्प्रदायिक सद्भाव बिगार्ने कामहरु हुन नदिने अनि वर्तमान परिस्थितिमा सबै धर्म र जाति सम्प्रदायको मानिसहरुबीच मेलमिलाप कायम राख्न कार्य गरिने र सोसियल मिडियामाथि विशेष नजर राखिने उपस्थित पुलिस अधिकारीहरुले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *