खरसाङ बार एसोसिएशनको वार्षिक साधारण सभा सम्पन्न

IMG-20230325-WA0202.jpg

खरसाङ: खरसाङ बार एसोसिएशनको वार्षिक साधारण सभा खरसाङको एक होटलमा सम्पन्न भएको छ। उक्त वार्षिक साधारण सभा खरसाङ बार एसोसिएशनको उप सभापति सपना राईको अध्यक्षतामा सम्पन्न भएको छ। बार एसोसिएशनको सचिव रमेश अग्रवालले सञ्चालन गरेका उक्त वार्षिक साधारण सभामा स्वागत सम्भाषण उप सभापति सपना राईले राखेका थिए। यसै सभामा विगत तीन चार वर्षको लेखा जोखाको रिपोर्ट खरसाङ बार एसोसिएशनको सचिव रमेश अग्रवालले राखेका थिए। यसावधि उनले विगत तीन चार वर्ष अवधि खरसाङ बार एसोसिएशनको कार्यहरू र उपलब्धिहरू विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए। उनले विशेष गरी आफुहरूले २०१८ मा नयाँ कमिटी गठन भएर जिम्मेवारी लिएपछि विभिन्न कार्यहरू गर्दै आएको र कोविडको कारणले सभा गर्न नपाएको बताउँदै एसोसिएशनले गरेका विभिन्न कार्यहरू विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्। उनले खरसाङ कोर्टमा सिनियर डिभिजन सिभिल कोर्ट थिएन जुन हाम्रो पालोमा ल्याउन सफल भएको बताउँदै खरसाङ क्षेत्रका प्राय: केशहरू सिलगढी जान्थ्यो जसलाई हामीले खरसाङमा नै ल्याउन सफल भएको बताएका छन्। आजको बार एसोसिएशनको वार्षिक साधारण सभामा उप सभापति सपना राई, सह सचिव हेनतेन लामा, सह कोषाध्यक्ष पवन थापा, कार्यकारी सदस्यहरू प्रमोद थापा, सञ्जय गोयल, कृष्ण छेत्री र वरिष्ठ सदस्या आशा मुखिया लामा लगायत अन्यहरू उपस्थित रहेका थिए। आजको वार्षिक साधारण सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ बार एसोसिएशनको सचिव रमेश अग्रवालले विस्तृत रुपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *