कालेबुङमा रामनवमीको भव्य तयारी शुरु

00-1-IMG-20230325-WA0088

कालेबुङ: यसै महिना ३० मार्च बिहिबारको दिन कालेबुङमा रामनवमी उत्सव भव्यरुपमा पालन गरिने भएको छ। मर्यादा पुरुषोत्तम भगवान रामको जीवनबाट हरेकले सिक्नुपर्ने आदर्श जीवनका गुढ कुराहरू धेरै छन्, तीमध्ये अलिकति पनि हामीले हाम्रो जीवनमा आत्मसात गर्न सक्यौं भने जीवन सहज बन्नेछ। जीवनको अन्तिम सत्य भने मृत्यु हो। यसबाट कोही अलग रहन सक्दैनन्। बाँचुञ्जेल सत्संगतद्वारा सत्कार्यमा अग्रसर हुन सके मनुष्य चोलाले सार्थकता प्राप्त गर्नेछ। महर्षि बाल्मिकीकृत रामायणका हरेक चरित्रले हामीलाई व्यवहारिक, सामाजिक र अध्यात्मिक ज्ञान प्रदान गर्छन्। भगवान राम स्वयं सत्पात्र हुन्। जसको आदर्श जीवनबाट आपसी प्रेम, सद्भाव र मानवीय मूल्यका अमुल्य शिक्षा ग्रहण गर्न सकिन्छ। यिनै महत्वपूर्ण सन्देश समग्र कालेबुङवासीमा साझा गर्ने मूल उद्देश्यका साथ रामनवमी उत्सव सम्पन्न हुन लागेको आयोजक पक्षबाट बताइएको छ। कालेबुङ विविध धर्म, सम्प्रदाय र विचारधाराको समागम हो जहाँ आपसी सद्भाव र सहिष्णुताका साथ हामी पुस्तौंदेखि सहयात्रामा रहेको बताइएको छ। रामनवमीको यस पावन अवसरमा सबैलाई आयोजक पक्षबाट निमन्त्रणा गरिएको छ। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *