सिलगढी: राहुल गान्धीको सांसद पद खारेजको बिरूद्ध शनिबार सिलगढीको हास्मी चोकबाट दार्जिलिङ जिल्ला कङ्ग्रेसले विरोध मार्च निकालेको थियो। त्यसपछि र्याली हिलकार्ड रोड हुँदै हास्मी चोकमा समापन भएको थियो। हाश्मीचोकमा भएको विरोध कार्यक्रममा जिल्ला कङ्ग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। उनले हाश्मी चोकमा प्रधानमन्त्रीको पुत्ला जलाएर विरोध प्रदर्शनमा भाग लिएका थिए। दार्जिलिङ जिल्ला कङ्ग्रेस कमिटीका महासचिव जीवन मजुमदारले यो अधिनायकवादी भाजपा सरकारले भारतभरका विपक्षी राजनीतिक दलहरूको मेरुदण्ड तोड्न खोजेको बताए। भाजपाको यो अलोकतान्त्रिक गतिविधि विरुद्धको हाम्रो आन्दोलन आगामी दिनमा अझ व्यापक हुँदै जानेछ। राहुल गान्धी बिना शर्त सांसद पदमा नआएसम्म राष्ट्रिय कङ्ग्रेसको तर्फबाट भारतभर आन्दोलन जारी रहने उनले बताए।
About Author
Post Views: 121