यूरो कप क्वालीफायरः फ्रान्स र बेल्जियमको ठूलो जीत

photocollage_202332512342362.jpg

२५ मार्चः यूएफा यूरोपियन च्याम्पियनशीप (यूरो कप) २०२४-को क्वालीफाइंग राउण्डमा फ्रान्स र बेल्जियमको साथमा चेक गणराज्यले सजिलै जीत हासिल गऱ्यो। शुक्रवार अबेर राति खेलिएको ग्रुप बी-को म्याचमा फ्रान्सले नीदरल्याण्ड्सलाई ४-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ४१ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सले शुरुमै नीदरल्याण्ड्सलाई चेपारोमा पाऱ्यो। डिडिएर डेसच्याम्प्सको टीमसँग २१ मिनटमै ३ गोलको बढ़त रहेको थियो। भटाभट ३ गोल खाएपछि डच टीमले म्याचलाई सम्हाल्न सकेन। फ्रान्सबाट कीलियन एम्बाप्पेले २१औं र ८८औं मिनटमा २ गोल गरे। यसबाहेक एण्टोनी ग्रीजम्यानले दोस्रो अनि डेयोट उपामेकानोले आठौं मिनटमा गोल गरे।
यसरी नै ग्रुप एफ-मा बेल्जियमले अनुभवी रोमेलु लुकाकुको ह्याट्रिकको सहायताले स्वीडेन विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। फ्रेण्ड्स एरेनामा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने बेल्जियमबाट लुकाकुले ३५औं, ४९औं र ८२औं मिनटमा गोल गरी म्याचलाई एकतर्फी बनाए। म्याचमा स्वीडेनको तर्फबाट दिग्गज फूटबलर ज्लाटन इब्राहिमोविचले सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा प्रवेश गरे पनि म्याचको परिणाममा कुनै असर पार्न सकेनन्। ग्रुप ई-को म्याचमा चाहिँ चेक गणराज्यले पोल्याण्डलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट लेडिस्लाव क्रेजसीले पहिलो, टोमस सीवानकाराले तेस्रो अनि जान कुचाले ६४औं मिनटमा गोल गरे। पोल्याण्डबाट डेमिएन सिजीमान्स्कीले ८७औं मिनटमा गोल गरे। रोबर्ट लेवाण्डोस्कीले म्याचमा कुनै छाप छोड़्न सकेनन्। ग्रुप एफ-मा अष्ट्रियाले अजरबैजान विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। यस म्याचमा विजेता टीमबाट मार्सेल सबित्जरले २७औं र ५०औं मिनटमा २ गोल गरे। अन्य म्याचहरूमा ग्रीसले जिब्राल्टरलाई ३-०-ले, मोण्टेनेग्रोले बुल्गेरियालाई १-०-ले अनि सर्बियाले लिथुआनियालाई २-०-ले पराजित गऱ्यो। फेरो आइल्याण्ड र मोल्डोवाबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement