वनबस्ती बासिन्दाहरुको विभिन्न माग लिएर उत्तर बङ्गाल वनजन श्रमजीवी मञ्चद्वारा डुवर्सकन्या अभियान

Forest-Villagers


कालचिनी: उत्तर बङ्गाल वनजन श्रमजीवी मञ्चद्वारा बुधबार वनबस्ती बासिन्दाहरुको विभिन्न दाबीहरु लिएर अलिपुरद्वार शहरमा जुलुस निकालियो। उक्त जुलुसले शहरको परिक्रमा गर्दै आएपछि अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्या अघि विरिध प्रदर्शन गर्यो। उत्तरबङ्गाल वन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेलले सन् २००६ मा भारतीय संसदले पास गरेको वन अधिकार कानूनलाई सन् २००८ देखि लागू हुनपर्ने तर आजपर्यन्त उत्तरबङ्गालको विभिन्न वनबस्तीहरुलाई रेभेन्यू भिलेजमा परिणत नगरिएको अनि रेभेन्यू भिलेजमा परिणत भइसकेको गाउँहरुले आजसम्म जमीनको खतियान नम्बर नपाएको र जमीनको सीमा विवाद समाधान नभएको, आजसम्म अलिपुरद्वार जिल्लाको बक्साद्वार पहाड़को धेरै गाउँहरु जयन्ती, सदरबजार, खाटालाइन, लालबङ्गला, ओचुलुम, एवं उत्तर मेन्दाबारी, दक्षीण मेन्दाबारी, खयेरबारी आदि गाउँहरुलाई रेभेन्यू भिलेजमा परिणत नगरिएको, खतियान र जमीन विवादको समस्या समाधान गर्दै ग्रामसभाहरुको सर्वेक्षण गरिनु पर्ने, वन विभाग द्वारा वन फँड़ाई बन्द गरिनु पर्ने, सामुदायिक वनमा सरकारी गैरसरकारी हस्तक्षेप बन्द गरिनु पर्ने, वनबस्ती बासिन्दाहरुको जीविका उपार्जनमा षड़यन्त्र गर्दै बाधा दिन नपाउने आदि दाबीहरु लिएर बुधबार उत्तर बङ्गाल वन जन श्रमजीवी मञ्चद्वारा वन अधिकार कानून जिल्ला चेयरम्यान समक्ष ज्ञापन सुम्पिएको जनाएका छन्। यदि यी दाबीहरुलाई समाधान गर्न कुनै प्रकारको पदक्षेप नलिए सम्पूर्ण वनबस्ती बासिन्दाहरुलाई लिएर वृहत्तर आन्दोलनमा ओर्लिन उत्तरबङ्गाल वन जन श्रमजीवी मञ्च बाध्य हुने चेतावनी समेत दिएको जनाएका छन्। उक्त अवसरमा उत्तरबङ्गाल वन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेल लगायत अरुण कुमार राई एएवं अलिपुरद्वार जिल्लाको बक्साद्वार पहाड लगायत विभिन्न वनबस्ती बासिन्दाहरुको सहभागिता रहेको थियो। पितापुर्खादेखि वनबस्तीमा बसोबास गर्दै आईरहेको वनबासीहरुको हितमा काम गर्ने सुझाव सरकार समक्ष राखिएको र यसलाई अमान्य गरेर वनबासीहरुलाई उच्छेद गर्ने षड़यन्त्र एवं वनबस्ती बासिन्दाहरुले जिवीका उपार्जनको लागि गरेको काममा बाधा दिए यसको परिणाम भोग्न सरकार तयार बस्ने पनि चेतावनी दिएका छन्l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *