गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले 10 क्षयरोगीहरूलाई गोद लिए र जिल्ला क्षयरोग अधिकारी अरुणा प्रधानलाई १ लाख २० हजारको चेक प्रदान गरे। विश्र्व क्षयरोग दिवसको अवसरमा आज राजभवनमा राज्यपाल आचार्य उत्तर प्रदेशको वाराणसीमा आयोजित ’एक विश्र्व क्षय शिखर सम्मेलन’ को अनलाइन प्रसारणमा बोल्दै थिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय स्वास्थ्य मंत्री मनसुख मडाविया, राज्यपाल आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथ र अन्य धेरै उपस्थित थिए।
उनले अनुसन्धान र आविष्कारको आवश्यकतामाथि जोर दिए। कार्यक्रममा राजभवनका सचिव, जिल्ला क्षयरोग अधिकृत, अधिकारी तथा कर्मचारी र एसटीएनएमका स्वास्थ्यकर्मीहरू पनि सहभागी थिए। यस अवसरमा राजभवनमा क्षयरोगलाई परास्त गर्ने संकल्पन लिए। आजको कार्यक्रममा क्षयरोग उन्मूलन अभियानमा उपस्थित सबैलाई बधाई दिइयो। राज्यपालले भारत सरकारसँगै सिक्किम सरकारले राज्यलाई पूर्ण रूपमा क्षयरोग मुक्त बनाउने दृढ संकल्पका साथ कॉंधमा कॉंध मिलाएर साथ दिइरहेको उल्लेख गरे। सिक्किमका जनताको सामूहिक संकल्पको साथ, सिक्किमले क्षयरोग उन्मूलन गर्ने दिशामा लामो यात्रा गरेको भन्दै सामूहिक जिम्मेवारीका साथ सिक्किम निश्र्चित रूपमा देशको पहिलो क्षयरोगमुक्त राज्य बन्ने ठहर गरे।