गेजिङ: लिङ्चोम वरिष्ठ माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०२३ लाई लिएर एक समन्वय सभा सम्पन्न भयो। विद्यालय प्रबन्धक समिति, अभिभावक साथै शिक्षक-शिक्षिकाहरुको संयुक्त पहलमा आयोजना गरिएको सभामा याङ्थाङ प्रादेशिक क्षेत्रका जिल्ला पञ्चाय सदस्य पूबर्णवीर लिम्बूले अध्यक्षता गरेका थिए। समितिले अभिभावकहरुसंग अन्तरक्रिया पनि गर्योल।
यस विद्यालयमा प्राथमिक ,माध्यमिक अनि उच्च माध्यमिक स्तरको पाठ्यक्रमलाई २०२३ मा कसरी अगाडि लानुपर्ने बिषयमा अभिभावक र शिक्षकहरुले छलउल गरे। सभामा विद्यालयकी प्राचार्य याङ्देन सिक्मुले नानीहरुका पढाई सम्बन्धमा अभिभावकहरुले पनि स्कूलमा आएर जानकारी लिने आव्हान गर्दै सबैको सहयोगमा विद्यार्थीहरुको भविष्य निर्माण गर्न लागी पर्ने बताइन्। अहिलेसम्म नानीहरुको शैक्षिक योग्यतासंगै अन्य विभिन्न क्षेत्रमा अघि आइरहेको र सबैले अझ प्रोत्साहन गरेर अब्बल र दक्ष विद्यार्थी बनाउन सल्लाह मागिन। सभाका अध्यक्ष लिम्बूले विद्यार्थीहरुको भाग्य निर्माण गर्न सरकारले शिक्षकहरु नियुक्ति गरेर राज्यको शिक्षा व्यवस्थालाई अघि बडाउने काम गरिरहेको भन्दै यसमा अभिभावक र शिक्षकहरुको नै बडी जिम्मेवारी रहने बताए। यस सभामा विभागको तर्ङ्गबाट उपस्थित रहेका कर्मचारीले दिव्याङ्ग शिक्षा प्रणाली र साइन ल्यांगवेज बिषय वक्तव्य राखेका थिए। खुल्ला बहसमा अभिभावकहरुले पनि आफ्नो सुझाव राखे।